भू उपग्रह तस्वीरबाट मारिउपोलमा सामूहिक चिहानको पहिचान | Khabarhub Khabarhub

भू उपग्रह तस्वीरबाट मारिउपोलमा सामूहिक चिहानको पहिचान


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा सामूहिक चिहानको पहिचान भएको छ । भू उपग्रहमार्फत् लिइएको तस्वीरहरूबाट मारिउपोलमा २ सयभन्दा धेरै चिहान फेला परेको हो ।

भू उपग्रहमार्फत् तस्वीर खिच्दै आएको अमेरिकी कम्पनी मक्सारले मारिउपोलमा सामूहिक चिहानको पहिचान गरेको बीबीसीले जनाएको छ ।

मारिउपोल शहरबाट २० किलोमिटरको दूरीमा रहेको मानहुस गाउँमा फेला परेको जनाइएको छ । चिहानका ८५ मिटर लामा चार पङ्क्तिको पहिचान गरिएको बीबीसीले जनाएको हो ।

मक्सारका अनुसार मार्च महिनाको अन्त्यबाट चिहान क्षेत्रको विस्तार भएको देखिएको छ । स्थानीय युक्रेनी अधिकारीहरुले रुसी फौजले सर्वसाधारणको हत्या गरी चिहानमा गाड्ने गरेको आरोप लगाउँदै आएका छन् ।

यसअघि मारिउपोल शहरको नगर परिषदले विज्ञप्ति जारी गर्दै शहरमा रुसी फौजले मानिसहरुको हत्या गरी गाड्ने गरेको आरोप लगाएको थियो ।

शहरका मेयर भादिम बोइचेन्कोका अनुसार शहरमा दशौँ हजार सर्वसाधारणको मारिएका छन् । यसबारे रुसी पक्षले कुनै टिप्पणी गरिसकेको छैन ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ४ : ५५ बजे

राष्ट्र बैंकको गभर्नर ‘काङ्ग्रेसले पाउन’ मिल्छ ?

काठमाडौं – केन्द्रीय बैंकमा गभर्नर नियुक्तिमा दलीय रस्साकस्सी चलिरहँदा नेपाली

जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि कुँवर र बुढालाई

जुम्ला– जुम्ला–रारा अल्ट्रा म्याराथनको उपाधि दलबहादुर कुँवरले जितेका छन् ।

प्रदेश र स्थानीय तहको सहकार्यमा गाउँमै रोजगारी सिर्जना गर्छौंः मुख्यमन्त्री पाण्डे

ढोरपाटन– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश र स्थानीय सरकारको

म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा

म्याग्दी (बेनी)– म्याग्दी पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला घोषणा भएको

युद्धविरामका लागि रुस प्रतिबद्ध भएमा युक्रेन वार्ता गर्न ‘तयार’ : जेलेन्स्की

किएभ- युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मस्कोले सोमबारदेखि ३० दिने युद्धविराम