पूर्वराजदूत लक्की शेर्पा लगायत एमाले प्रवेश « Khabarhub

पूर्वराजदूत लक्की शेर्पा लगायत एमाले प्रवेश


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं पूर्वराजदूत लक्की शेर्पा एमालेमा प्रवेश गरेकी छिन् ।

पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा शेर्पा एमालेमा प्रवेश गरेकी हुन् । पूर्वराजदूत शेर्पालाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।

शेर्पाले बामपन्थी एकताका लागि पार्टी प्रवेश गरेको बताइन् ।उनी संविधानसभा सदस्यसमेत भइन् । माओवादी कोटाबाट उनी अष्ट्रेलियाका लागि नेपाली राजदूतमा नियुक्त भएकी थिइन् ।

त्यसैगरी माओवादी पोलिटब्युरो सदस्य तथा प्रमुख केन्द्रीय सहकारी विभाग धर्मदत्त देवकोटा, पूर्वमेयर शालिकराम पौडेल, सागर ढकाल, डा.ल्हाक्पा शेर्पा, कोषबहादुर जिसीले पनि पार्टी छाडेका हुन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ४७ बजे

प्रधानमन्त्रीको भारत भ्रमणबारे परराष्ट्रले के भन्यो ?

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको महासभाले अति कम विकसित मुलुकको सूचीबाट नेपालको

सरकारले गर्‍यो एनप्याब्सनलाई निलम्बन

काठमाडौँ – राष्ट्रिय निर्देशन ऐन, २०१८ बमोजिम सञ्चालनमा रहेको राष्ट्रिय

एनपीएल : राहुलको छ विकेट, प्रतिस्पर्धामा सोमपाल र अनिल, कसले कति विकेट लिए ?

काठमाडाैँ – राहुल यादव नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत

राप्रपा अध्यक्ष लिङ्देनद्वारा ९५औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले ९५औँ

नेप्से ५.४५ अङ्कले घट्यो, कारोबार कति ?

काठमाडौं– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज  सामान्य  अङ्कले