युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने « Khabarhub

युक्रेनमा जारी युद्धबाट पाठ सिक्दै भारतले नयाँ ट्यांक बनाउने


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले रुस युक्रेन युद्धबाट पाठ सिक्दै नयाँ ट्यांक निर्माण गर्ने भएको छ । युक्रेनमा जारी युद्धमा ट्यांकभेदी क्षेप्यास्त्रहरुले निकै प्रभावकारी रुपमा ट्यांकहरु ध्वस्त पारेको पाठ सिक्दै ‘मेन ब्याटल ट्यांक’ को निर्माण गरिने भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

यसका लागि भारतीय सेनाले युद्धमा प्रयोग भएका ट्यांकभेदी क्षेप्यास्त्र तथा यस्ता क्षेप्यास्त्रबाट रुसी ट्यांकमा भएको क्षतिको समेत अध्ययन गरिरहेको एएनआईले जनाएको छ ।

भारतीय सेना रुसी हतियारको महत्वपूर्ण प्रयोगकर्ता हो । रुसी शैलीका टी ९० एवम् टी ७२ ट्यांक तथा बीएमपी नामक बख्तरबन्द गाडीलगायतका सैनिक सवारी भारतीय सेनामा समावेश छन् ।

विगतमा पाकिस्तानको सीमाक्षेत्रमा तैनाथ गरिएका यस्ता उपकरणलाई भारतले हाल चीनको सीमा क्षेत्रमा पनि तैनाथ गरिरहेको एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ५ : ३३ बजे

विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन आग्रह

दाङ– लुम्बिनी प्रदेश सरकारले सम्भावित विपद् प्रतिकार्यका लागि उच्च सतर्कता

भँडारे खोलामा सडकमाथिबाट लेदोसहितको बाढी आउँदा सिद्धिचरण लोकमार्ग अवरुद्ध

ओखलढुङ्गा– लगातारको वर्षाका कारण ओखलढुङ्गाको सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको छ

परराष्ट्रमन्त्री खनाल र बेलायतका राज्यमन्त्री म्याकनिलबीच भेटवार्ता

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्य बेलायतका अन्तरराष्ट्रिय विकाससम्बन्धी राज्यमन्त्री

बेनी-जोमसोम-कोरला सडकमा राति गाडी चलाउन नपाइने

मुस्ताङ– उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकमा यही असोज ८

बीसौँ एसियाली खेलकुद : पुरुष क्रिकेटतर्फ नेपालले अफगानिस्तानविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं– जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा नेपालले