वर्षाले आशिषसँग कसिन लगनगाँठो | Khabarhub Khabarhub

वर्षाले आशिषसँग कसिन लगनगाँठो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका वर्षा सिवाकोटी आज वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

 बिहीबार मात्र विवाह बन्धनमा बाँधिएकी अभिनेत्री केकी अधिकारीको शैलीमै वर्षाले पनि विवाहलाई गोप्य राखेकी छिन् । बुझिए अनुसार वैवाहिक समारोहमा करिब डेढ सय आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् । 

वर्षाले अमेरिकामा रहँदै आएका आशिष गेलालसँगल लगनगाँठो कसेकी  हुन् । वर्षाको यो मागी विवाह हो । परिवारले आशिषसँग बिहेको कुरा अगाडि बढाएपछि केही हप्ता अगाडि वर्षा अमेरिका गएकी थिइन् । अमेरिकाबाट फर्किएलगत्तै उनी वैवाहिक जीवनमा बाँधिने निर्णय गरेकी हुन् ।

वर्षाको विवाह एक भिल्लामा भइरहेको छ । वैवाहिक समारोहलाई गोप्य राख्न वर्षाले निक्कै प्रयास गरेकी छिन् । वर्षाका जीवनसाथी आशिष इन्जिनियर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ ।

परिवारका एक मात्र छोरा आशिषले अमेरिकामा ह्यान्डसम पारिश्रमिकमा काम गरिरहेका छन् । आशिष मोडलद्वय प्रिज्माप्रिन्सी खतिवडाका आफन्त समेत हुन् । यसैले, बिहेमा प्रिज्माप्रिन्सी समेत उपस्थित छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ०७ बजे

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना