वर्षाले आशिषसँग कसिन लगनगाँठो « Khabarhub

वर्षाले आशिषसँग कसिन लगनगाँठो


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नायिका वर्षा सिवाकोटी आज वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

 बिहीबार मात्र विवाह बन्धनमा बाँधिएकी अभिनेत्री केकी अधिकारीको शैलीमै वर्षाले पनि विवाहलाई गोप्य राखेकी छिन् । बुझिए अनुसार वैवाहिक समारोहमा करिब डेढ सय आफन्त र परिवारका सदस्य मात्र उपस्थित छन् । 

वर्षाले अमेरिकामा रहँदै आएका आशिष गेलालसँगल लगनगाँठो कसेकी  हुन् । वर्षाको यो मागी विवाह हो । परिवारले आशिषसँग बिहेको कुरा अगाडि बढाएपछि केही हप्ता अगाडि वर्षा अमेरिका गएकी थिइन् । अमेरिकाबाट फर्किएलगत्तै उनी वैवाहिक जीवनमा बाँधिने निर्णय गरेकी हुन् ।

वर्षाको विवाह एक भिल्लामा भइरहेको छ । वैवाहिक समारोहलाई गोप्य राख्न वर्षाले निक्कै प्रयास गरेकी छिन् । वर्षाका जीवनसाथी आशिष इन्जिनियर हुन् । उनको घर नेपालमा बालुवाटारमा रहेको बताइएको छ ।

परिवारका एक मात्र छोरा आशिषले अमेरिकामा ह्यान्डसम पारिश्रमिकमा काम गरिरहेका छन् । आशिष मोडलद्वय प्रिज्मा र प्रिन्सी खतिवडाका आफन्त समेत हुन् । यसैले, बिहेमा प्रिज्मा र प्रिन्सी समेत उपस्थित छन् ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : ०७ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान