आलियालाई छाडेर छायांकनमा निस्किए रणवीर « Khabarhub

आलियालाई छाडेर छायांकनमा निस्किए रणवीर


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता रणवीर कपूर फिल्म छायांकनको लागि तयार छन् । 

अघिल्लो हप्ता मात्र प्रेमिका तथा अभिनेत्री आलिया भट्टसँग विवाह बन्धनमा बाँधिएका रणवीरको मुख्य रोल रहेको फिल्म ‘एनिमल’ को छायांकन मनालीबाट सुरु भएको छ । फिल्ममा उनको स्टार रश्मिका मन्दाना छिन् । फिल्म ‘ब्रह्मास्त्र’ को छायांकन सकाए लगत्तै विवाह बन्धनमा बाँधिएका रणवीरले फिल्मको छायांकन सुरु गरेको खबर भारतीय मिडियामा छ । 

अर्जुन रेड्डी र त्यसको हिन्दी रिमेक कबीर सिंह निर्देशन गरेर चर्चामा रहेका निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गर्दैछन् । फिल्ममा अनिल कपूर र बबी देओलको पनि अभिनय रहनेछ ।

यस फिल्मको लागि नेपाली कलाकार बिपिन कार्कीलाई पनि अफर गरिएको थियो । अनिल कपूरसँग आफ्नो बढी दृश्य रहेको बिपिनले बताएका थिए । उनको छायांकन अन्तिम सेड्युलमा हुने बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २२ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको