आलियालाई छाडेर छायांकनमा निस्किए रणवीर | Khabarhub Khabarhub

आलियालाई छाडेर छायांकनमा निस्किए रणवीर


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बलिउड अभिनेता रणवीर कपूर फिल्म छायांकनको लागि तयार छन् । 

अघिल्लो हप्ता मात्र प्रेमिका तथा अभिनेत्री आलिया भट्टसँग विवाह बन्धनमा बाँधिएका रणवीरको मुख्य रोल रहेको फिल्म ‘एनिमल’ को छायांकन मनालीबाट सुरु भएको छ । फिल्ममा उनको स्टार रश्मिका मन्दाना छिन् । फिल्म ‘ब्रह्मास्त्र’ को छायांकन सकाए लगत्तै विवाह बन्धनमा बाँधिएका रणवीरले फिल्मको छायांकन सुरु गरेको खबर भारतीय मिडियामा छ । 

अर्जुन रेड्डी र त्यसको हिन्दी रिमेक कबीर सिंह निर्देशन गरेर चर्चामा रहेका निर्देशक सन्दीप रेड्डी वांगाले निर्देशन गर्दैछन् । फिल्ममा अनिल कपूर र बबी देओलको पनि अभिनय रहनेछ ।

यस फिल्मको लागि नेपाली कलाकार बिपिन कार्कीलाई पनि अफर गरिएको थियो । अनिल कपूरसँग आफ्नो बढी दृश्य रहेको बिपिनले बताएका थिए । उनको छायांकन अन्तिम सेड्युलमा हुने बताइएको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ६ : २२ बजे

रियललाई हराउँदै बार्सिलोना ला लिगाको उपाधि नजिक

बार्सिलोना – बार्सिलोना ला लिगाको उपाधि नजिक पुगेको छ ।

साफ यु–१९ च्याम्पियनसिप : नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौं – नेपालमा भारतमा जारी साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश

१० जनाले गरे कञ्चनजङ्घा हिमाल आरोहण

ताप्लेजुङ – विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घामा शनिबार नेपालीसहित १०

बुद्ध जयन्तीको पूर्वसन्ध्यामा लुम्बिनी झकिझकाउ

रूपन्देही – दुई हजार ५६९औँ बुद्ध जयन्तीको पूर्वसन्ध्यामा भगवान् बुद्धको

बनेपामा आजदेखि ऐतिहासिक चण्डेश्वरी जात्रा

काभ्रेपलाञ्चोक – बनेपाको ऐतिहासिक चण्डेश्वरी जात्रा आजदेखि औपचारिक रुपमा सुरु