रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा | Khabarhub Khabarhub

रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।

 १२ वर्ष भन्दा माथिका नागरिकले कोभिडविरुद्धको खोप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेका छन् । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मी एवं महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदान सराहनीय रहेको बताए ।

“कोभिडको समयमा अन्य सबै घरभित्र बस्दा तपाईँहरू फिल्डमा खटिनु भयो । तपाईँहरूको परिवारको चिन्ता लदै रोहिणीका जनताको सेवा गर्नुभयो । तपाईहरुको यो कार्य रोहिणी गाउँपालिकाका जनताले कहिल्यै भुल्ने छैनन्” यादवले भने “अभावै अभावमा काम गरेका स्वयम सेविका र स्वास्थ्यकर्मीको सेवा सुविधाबारे अहिले गाउँपालिकाले ध्यान दिएको छ ।”

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा रोहिणी गाउँपालिकाका ७ वटै वडाका ९६ जना महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मीलाई रोहिणी गाउँपालिकाले सम्मानित समेत गरेको थियो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, निर्वाचन अधिकृत रमिला भण्डारीको विशिष्ट आतिथ्यमामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, निवर्तमान प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, ईन्द्रमान चौधरी, बिर बहादुर क्षेत्री, आविद अली, महिला स्वयमसेविका लगायतले बोलेका थिए । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ४३ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस