रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा « Khabarhub

रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रुपन्देहीको रोहिणी गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ ।

 १२ वर्ष भन्दा माथिका नागरिकले कोभिडविरुद्धको खोप अधिकांशले लिएकोले पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

४४ हजार ६ सय ५१ जना जनसंख्या रहेको रोहिणी गाउँपालिकामा १२ वर्ष माथिका ३५ हजार ४४ जना रहेका छन् । पालिकामा ९८ दशमलव ९७ प्रतिशत अर्थात ३४ हजार ६ सय ८६ जनाले पूर्ण खोप लगाएको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा बोल्दै रोहिणी गाउँपालिका अध्यक्ष तथा खोप समन्वय समिति संयोजक सनोज कुमार यादवले कोभिडको समयमा स्वास्थ्यकर्मी एवं महिला स्वास्थ्य स्वयं सेविकाहरुको योगदान सराहनीय रहेको बताए ।

“कोभिडको समयमा अन्य सबै घरभित्र बस्दा तपाईँहरू फिल्डमा खटिनु भयो । तपाईँहरूको परिवारको चिन्ता लदै रोहिणीका जनताको सेवा गर्नुभयो । तपाईहरुको यो कार्य रोहिणी गाउँपालिकाका जनताले कहिल्यै भुल्ने छैनन्” यादवले भने “अभावै अभावमा काम गरेका स्वयम सेविका र स्वास्थ्यकर्मीको सेवा सुविधाबारे अहिले गाउँपालिकाले ध्यान दिएको छ ।”

पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा रोहिणी गाउँपालिकाका ७ वटै वडाका ९६ जना महिला स्वास्थ्य स्वयम सेविका, स्वास्थ्यकर्मीलाई रोहिणी गाउँपालिकाले सम्मानित समेत गरेको थियो ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवको अध्यक्षता, निर्वाचन अधिकृत रमिला भण्डारीको विशिष्ट आतिथ्यमामा सम्पन्न कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम पोखरेल, निवर्तमान प्रशासकीय अधिकृत रोमनाथ न्यौपाने, वडा अध्यक्षहरु सरोज कुमार पाण्डे, ईन्द्रमान चौधरी, बिर बहादुर क्षेत्री, आविद अली, महिला स्वयमसेविका लगायतले बोलेका थिए । 

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ७ : ४३ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने