इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक « Khabarhub

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक


२७ जेठ २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ ।

नेपालमा पाँच वर्षको यात्रालाई स्मरणीय बनाउने उद्देश्यका साथ कम्पनीले ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ (ड्राइभ विदआउट प्रेसर ) नामक नयाँ ब्रान्ड क्याम्पेन सार्वजनिक गरेको छ । 

चालकहरूको अनुभव, स्वतन्त्रता र रोजाइलाई केन्द्रमा राखेर तयार गरिएको उक्त क्याम्पेनले डिजिटल यातायात क्षेत्रमा कार्यरत चालकहरूको वास्तविक जीवन, चुनौती र अवसरलाई उजागर गर्ने कम्पनीको विश्वास रहेको छ ।

कम्पनीका अनुसार जुनदेखि अगस्ट २०२६ सम्म सञ्चालन हुने क्याम्पेनले चालकहरूले कहिले काम गर्ने, कुन यात्रा स्वीकार गर्ने र आफ्नो समय तथा आम्दानी कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा उनीहरूसँग रहेको निर्णय क्षमतालाई मुख्य सन्देशका रूपमा प्रस्तुत गर्नेछ ।

कम्पनीका अनुसार यस प्रणालीले चालकहरूलाई यात्राको छनोट, कार्य समय निर्धारण तथा आम्दानी व्यवस्थापनमा थप नियन्त्रण र स्वायत्तता प्रदान गरेको छ, जसले उनीहरूको व्यावसायिक सन्तुष्टि र दीर्घकालीन सहभागितामा सकारात्मक प्रभाव पारेको छ ।

‘पछिल्ला पाँच वर्षमा हामीले चालकहरूले दीर्घकालसम्म विश्वास गर्न सक्ने, पारदर्शी र निष्पक्ष प्लेटफर्म निर्माणमा विशेष ध्यान केन्द्रित गरेका छौँ,’ इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेसलिस्ट सुनिता जिमी राईले भनिन् । ‘हामीले निरन्तर रूपमा चालकहरूको आवश्यकतालाई प्राथमिकतामा राख्दै उनीहरूलाई आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनबीच सन्तुलन कायम गर्न सहयोग पुग्ने वातावरण निर्माण गर्ने प्रयास गरेका छौँ । लचकता, स्वतन्त्रता र पारदर्शिताका यी मूल्यहरूले नै नेपालमा हाम्रो यात्रालाई मार्गनिर्देशन गरिरहेका छन् ।’

कम्पनीका अनुसार ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ भन्ने सन्देशले नेपालको डिजिटल यातायात तथा गिग–अर्थतन्त्रभित्र काम गर्ने श्रमिकहरूको कार्य अवस्था, आय सुरक्षालगायत विषयमा भइरहेको समकालीन बहसलाई समेत प्रतिबिम्बित गर्दछ ।  

पाँचौँ वार्षिकोत्सवको अवसरमा कम्पनीले ‘होमकमिङ मिटर’ क्याम्पेनसमेत सुरु गर्ने घोषणा गरेको छ ।  

कम्पनीका अनुसार ‘होमकमिङ मिटर’ केवल व्यक्तिगत सफलताका कथाहरूको प्रस्तुति मात्र नभई श्रम आप्रवासन, आर्थिक पुनर्स्थापना, उद्यमशीलता तथा स्वदेशमै आयआर्जनका सम्भावनाबारे भइरहेको राष्ट्रिय संवादसँग जोडिएको पहल पनि हो । 

यस अभियानमार्फत विदेशबाट फर्किएका नेपालीहरूले स्वदेशमै सम्मानजनक रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने सम्भावनालाई उजागर गरिने विश्वास कम्पनीले व्यक्त गरेको छ ।

प्रकाशित मिति : २७ जेठ २०८३, बुधबार  १२ : २० बजे

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं– नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत

भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नाप नक्सा

महेन्द्रनगर– यहाँका स्थानीय तहले अव्यवस्थित बसोबासी र भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका

‘एक घर-एक मिनीटिलर’ अभियानले पौवादुङमाका किसान उत्साहित

भोजपुर– यहाँको पौवादुङमा गाउँपालिकाले अनुदानमा हातेट्याक्टर वितरण गरेपछि किसान उत्साहित

हावाहुरीले विनय त्रिवेणीमा २० भन्दा बढी घरमा क्षति

काठमाडौं– मंगलबार साँझ आएको हावाहुरी सहितको वर्षाले पूर्वी नवलपरासीको विनय

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको