मुगुमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस  | Khabarhub Khabarhub

मुगुमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैशाख– नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।

शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरी कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई पठाएको कांग्रेस प्रवक्ता प्रकाशकुमार शाहीले जनाएका छन् ।

मेयर पदका लागि हरिजंग शाही, जयबहादुर हितान, सुर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंहबहादुर मल्ल, विष्णुकुमार भाम र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले रामदेवी खड्का, ऐश्वर्य मल्ल, इश्वरदेवी रावल , खम्मेनी कामी र जसा नेपालीलाई सिफारिस गरेको हो ।

कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरका लागि एक एक जनाको नाम सिफारिस गर्न नसक्ने अवस्था आएपछि प्रदेश कार्य समितिमा पठाउनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको प्रवक्ता शाहीको भनाइ छ ।

स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहँदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मे हम्मे परेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : १२ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस