मुगुमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस  « Khabarhub

मुगुमा कांग्रेसबाट मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस 


९ बैशाख २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वैशाख– नेपाली कांग्रेस जिल्ला कार्य समिति मुगुले छायाँनाथ रारा नगरपालिकाको मेयर पदका लागि १२ जना र उपमेयरमा ५ जनाको नाम पार्टीको कर्णाली प्रदेश कार्य समितिलाई सिफारिस गरेको छ ।

शुक्रबार कांग्रेस जिल्ला कार्य समितिको बैठक बसेर मेयरमा १२ र उपमेयरमा ५ जनाको नाम सिफारिस गरी कांग्रेस प्रदेश कार्य समिति सुर्खेतलाई पठाएको कांग्रेस प्रवक्ता प्रकाशकुमार शाहीले जनाएका छन् ।

मेयर पदका लागि हरिजंग शाही, जयबहादुर हितान, सुर्यदेबि मल्ल, खगेन्द्रबहादुर मल्ल, पदमबहादुर रावल ऐनबहादुर हमाल, कृष्णबहादुर सेजुवाल, लोकेन्द्रबहादुर मल्ल, भुपेन्द्रबहादुर मल्ल, सिंहबहादुर मल्ल, विष्णुकुमार भाम र पशुपति शाहीको नाम सिफारिस गरिएको छ ।

त्यस्तै उपमेयरमा कांग्रेसले रामदेवी खड्का, ऐश्वर्य मल्ल, इश्वरदेवी रावल , खम्मेनी कामी र जसा नेपालीलाई सिफारिस गरेको हो ।

कांग्रेस जिल्ला कार्य समितिले मेयर उपमेयरका लागि एक एक जनाको नाम सिफारिस गर्न नसक्ने अवस्था आएपछि प्रदेश कार्य समितिमा पठाउनुपर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको प्रवक्ता शाहीको भनाइ छ ।

स्थानीय निर्वाचनको उम्मेदवारी मनोनयन गर्ने समय दुई दिन मात्र बाँकी रहँदा कांग्रेसलाई तीन गाउँपालिका र एक नगरपालिकाको उम्मेदवारी टुंगो लगाउन हम्मे हम्मे परेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  ९ : १२ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा