काठमाडौँ मेयरमा सिर्जनाकोभन्दा बालेनको मत १७ हजार बढी « Khabarhub

काठमाडौँ मेयरमा सिर्जनाकोभन्दा बालेनको मत १७ हजार बढी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन् ।

गत वैशाख ३० गते भएको निर्वाचनको मतगणना जारी रहेको छ । हालसम्म भएको मतगणना अनुसार बालेनले प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठ र नेकपा एमालेका केशव स्थापितसँग मतान्तर बढाउँदै लगेका हुन् ।

निर्वाचन आयोगका अनुसार बालेनले हालसम्म ३९ हजार ५१५ मत प्राप्त गरिसकेका छन् । उनको निकटतम् प्रतिस्पर्धी कांग्रेसकी सिर्जनाले २२ हजार २७० मत प्राप्त गरेकी छन् ।

मेयरमा कांग्रेस उम्मेदवार सिर्जनकोभन्दा बालेनले १७ हजार २४५ बढी मत प्राप्त गरिसकेका छन् । एमाले उम्मेदवार स्थापित अहिले तेस्रो स्थानमा रहेका छन् । स्थापितले हालसम्म २१ हजार ७७५ मत प्राप्त गरेका छन् । स्थापितकोभन्दा बालेनले १७ हजार ७४० बढी मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  १२ : ०२ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक