वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै « Khabarhub

वीरगञ्ज महानगरमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणना अनुसार मेयरमा पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार राजेशमान सिंहले निकटतम प्रतिद्वन्द्वी भन्दा १५ हजार ८९५ मतान्तरले अग्रता लिएका छन् ।

वीरगञ्जमा आज दिउँसो १ः०० बजेसम्मको मतगणनाको अद्यावधिक विवरणअनुसार सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार राजेशमान सिंहले ३३ हजार ३१५ मतसहित अग्रतालाई निरन्तरता दिएका हुन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगीले १७ हजार ४२० मत प्राप्त गरेका छन् ।

यसैगरी उपमेयर पदमा पनि गठबन्धनकै उम्मेदवार इम्तियाज आलमले २२ हजार ८१३ मतसहित अग्रतालाई निरन्तरता दिएका छन् भने उपमेयर पदका उम्मेदवार लोसपाका पुरुषोत्तमलाल झाले पाँच हजार ५४९ मत प्राप्त गरेका छन् । 

यहाँ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) काबीच गठबन्धन गरिएको थियो भने नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच तालमेल भएको छ ।  

३२ वटा वडा रहेको वीरगञ्ज महानगरमा हालसम्म विभिन्न १५ वटा वडाको मतगणना सम्पन्न भएको छ । 

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  २ : ५२ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको