युक्रेनद्वारा युद्धविराम प्रस्ताव पुनः अस्वीकार « Khabarhub

युक्रेनद्वारा युद्धविराम प्रस्ताव पुनः अस्वीकार


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वी युक्रेनको डोनबास क्षेत्रमा भीषण सङ्घर्ष जारी रहे पनि युक्रेनले युद्धविराम प्रस्तावलाई अस्वीकार गरेको छ । रूसले पूर्वी डोनबास क्षेत्रमा व्यापक आक्रमणलाई निरन्तरता दिइरहेका बेला युक्रेनले युद्धविराम गर्न अस्वीकार गरेको हो ।

रणनीतिक रुपमा महत्वपूर्ण दक्षिणपूर्वी शहर मारिउपोलमा अन्तिम युक्रेनी लडाकुहरूले प्रतिरोध समाप्त गरेपछि रुसले डोनबासको लुहान्स्क क्षेत्रमा भीषण आक्रमण गरिरहेको छ ।

रुसी–समर्थित पृथकतावादीहरूले गत फेब्रुअरी २४ मा आक्रमण गर्नु अघि नै लुहान्स्क र छिमेकी डोनेत्स्क क्षेत्रको ठूलो भूभागमा नियन्त्रण कायम गरिसकेका भए पनि रुसले हाल सम्पूर्ण डोनबास क्षेत्रलाई कब्जामा लिने तयारी गरिरहेको छ ।

रुसी सेनाले स्लोभ्यान्स्क र सिभिएरोडोनेत्स्क सहरहरूमा आक्रमण गर्ने प्रयास गरिरहेको तर युक्रेनी सेनाले उनीहरूको प्रयासलाई असफल पारेको जानकारी दिँदै युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनबासको अवस्था अत्यन्तै कठिन भएको बताएका छन् ।

राष्ट्रपति जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले युद्धबिराममा सहमत हुन अस्वीकार गर्दै युक्रेनले रुससँगको कुनै पनि सम्झौता स्वीकार नगर्ने स्पष्ट पारेका छन् ।

युद्ध नरोकिने बताउँदै उनले त्यसो गर्दा रुसले नयाँ आक्रमण गर्ने तथा भारी मात्रामा रक्तपात हुने बताए । युक्रेनका प्रमुख वार्ताकार समेत रहेका पोडोल्याकले कडा सुरक्षामा राखिएको राष्ट्रपति कार्यालयमा अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सलाई दिएको अन्तर्वार्तामा युद्धविराम अस्वीकार गरेका हुन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ४ : ०४ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको