सप्तरीमा सर्वदलीय पालिका सरकार, पाँच स्थानमा कांग्रेस विजयी « Khabarhub

सप्तरीमा सर्वदलीय पालिका सरकार, पाँच स्थानमा कांग्रेस विजयी


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीका १८ वटा स्थानीय तह छन् । जसमध्ये ९ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका छन् ।

२०७९ साल वैशाख ३० गते भएको स्थानीय तहकोको चुनावमा सप्तरीका जनताले सर्वदलीय पालिका सरकार बनाएका छन् । राष्ट्रिय मान्यता पाएका दल सहित भर्खरै पार्टी खोलेका  जनमतलाई पनि समावेश गराएका छन् । सप्तरीको सप्तकोसी नगरपालिका, कंचनरुप नगरपालिका, सुरुङ्गा नगरपालिका, तिरहुत गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिकामा गरी पाँच स्थानीय तहमा नेपाली कांग्रेस विजयी भएका छन् ।

राजविराज नगरपालिका, विष्णुपुर गाउँपालिका, बोदेबरसाइन नगरपालिका गरी तीन स्थानीय तहमा जनता समाजवादी पार्टी विजयी भएका छन् । रुपनी गाउँपालिका, र छिन्नमस्ता गाउँपालिका गरी तीन स्थानीय तहमा लोकतान्त्रिक समाजवादी पार्टी विजय भएका छन् । डाक्नेश्वरी गाउँपालिका, अग्निसाइर कृष्णासवरण गाउँपालिका, राजगढ गाउँपालिका गरी तीन स्थानीय तहमा नेकपा एमाले विजयी भएका छन् । हनुमाननगर कंकालिनी नगरपालिका, बलानबिहुल गाउँपालिका गरी दुई पालिकामा जनमत पार्टी विजयी भएका छन् । 

त्यसै गरी खड्क नगरपालिकामा माओवादी केन्द्र, शम्भुनाथमा नगरपालिकामा नेकपा कम्युनिस्ट पार्टी एकीकृत समाजवादी विजय भएको छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ५ : ४७ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको