रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध  « Khabarhub

रोहित इन्डोनेसियाको पर्सिक कडिरीमा अनुबन्ध 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली राष्ट्रिय टोलीका सदस्य रोहित चन्द इन्डोनेसियन क्लब पर्सिक कडिरीमा अनुबन्ध भएका छन् । आइतबार लिगा वानको क्लब पर्सिकले रोतिहलाई अनुबन्धन गरेको जनाएको हो । उसले लेखेको छ, ‘स्वागत छ हिमालय ह्वाइट टाइगर ।’

यस अघि शनिबार पूर्व क्लब पर्सिजा जाकर्ताले रोहितले क्लब छोड्ने पुष्टि गर्दै बिदाइ भिडियो सार्वजनिक गरेको थियो ।

सन् २०१७ मा दोस्रो पटक जाकार्तासँग जोडिएका रोहितले ११९ खेल खेल्दा १० गोल र आठ गोलका लागि अशिष्ट गरेका छन् । यस अवधिमा रोहितले जाकार्ताबाट एक घरेलु लिगसहित तीन उपाधि जिते । सन् २०१८ मा उनी लिगको उत्कृष्ट खेलाडी घोषित भएका थिए । रोहितले सन् २०१३ देखि २०१५ सम्म पहिलो पटक जाकार्ताबाट खेलेका थिए ।

इन्डोनेसियामा रोहितले खेलेको यो तेस्रो क्लब हो । सुरुमा उनले पीएसपीएस पेकेनबारुबाट खेलेका थिए । स्रोतका अनुसार ३० वर्षे रोहितले तीन वर्षको सम्झौता गरेका छन् । हाल भने रोहित नेपालमै रहेका छन् । पछिल्लो समय प्रशिक्षक खेलाडी विवादका कारण रोहित टिम बाहिर छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ७ : ०९ बजे

मिटरब्याजसम्बन्धी आयोगका प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने सरकारको निर्णय

काठमाडौं–  सरकारले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी विगतका विभिन्न आयोगहरूको प्रतिवेदन

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई बचत फिर्ता सुरु

काठमाडौं– बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच वटा

रास्वपा सांसद न्यौपानेको प्रश्न- ३५ वर्षको समस्या ३५ दिनमै कसरी हल हुन्छ ?

विगतमा उत्तरदायी र पारदर्शी राजनीति हुनुपर्छ भनेर सडकबाट आवाज उठाउने

स्वास्थ्य अवस्था गम्भीर बनेपछि पूर्वराष्ट्रपति टोलेडोले मागे मानवीय माफी

लिमा- भ्रष्टाचारसम्बन्धी मुद्दामा २० वर्षको जेल सजाय भोगिरहेका पेरुका पूर्वराष्ट्रपति अलेजान्ड्रो

मिडियामा गाडी पार्किङबारे रविले भने- रास्वपाकै कार्यकर्ता भए पनि कारबाही हुनुपर्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सञ्चारगृहबाहिर पार्किङ गरिएका