बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन  « Khabarhub

बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिस्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समूहले आइतबार दिक्तेको त्रिवेणीचोकमा प्रदर्शन गरेका हुन् ।

स्वतस्फुर्त भेला भएका किशोरीको समूहले ‘बलात्कारीलाई सजाय दे, हद म्याद खारेज गर, सुन्दरी प्रतियोगिता खारेज गर, महिला शरीरको वस्तुकरण बन्द गर, सर्भाइभरलाई विश्वास गर, बलात्कारले पोलेको, खै त राज्य बोलेको’ लगायतका नारा चर्काएका थिए । 

पीडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै किशोरीले यौनजन्य हिंसा सम्बन्धी उजुरी गर्ने एक वर्षे हद म्याद संशोधन गर्न माग गरेका छन् । यौनजन्य हिंसा सम्बन्धी उजुरी दिने एक वर्षे हद म्यादले यौन हिंसामा परेका कैयौँ महिला न्यायबाट वञ्चित हुने अवस्था देखिएकाले एक वर्षे हद म्याद संशोधन गर्नुपर्ने प्रदर्शनमा सहभागी अनिसा रम्तेलले बताइन् । किशोरीको विरोध कार्यक्रमलाई किशोरले पनि साथ दिएका थिए । उनीहरू यौनजन्य हिंसाका विरुद्धमा नारा लेखिएका कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

कार्यक्रममा रम्तेल, कृष्णा आचार्य, राधा भट्टराई, शर्मिला परियार, एल्मीका राई, विष्णु उपरकोटी, घनश्याम ढकालले बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाहीको माग राखेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : २० बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ