बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन  « Khabarhub

बलात्कारीलाई कारबाही माग गर्दै खोटाङमा प्रदर्शन 


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ- सौन्दर्य प्रतियोगितामा सहभागी युवतीलाई बलात्कार गर्ने दोषीलाई कारबाहीको माग गर्दै खोटाङको दिक्तेलबजारमा प्रदर्शन गरिएको छ । आठ वर्षअघि आयोजित ‘मिस ग्लोबल इन्टरनेसनल २०१४’ का प्रतिस्पर्धी युवतीलाई नशा खुवाएर बलात्कार गर्ने आयोजक मनोज पाण्डेलाई कारबाहीको माग गर्दै किशोरीको समूहले आइतबार दिक्तेको त्रिवेणीचोकमा प्रदर्शन गरेका हुन् ।

स्वतस्फुर्त भेला भएका किशोरीको समूहले ‘बलात्कारीलाई सजाय दे, हद म्याद खारेज गर, सुन्दरी प्रतियोगिता खारेज गर, महिला शरीरको वस्तुकरण बन्द गर, सर्भाइभरलाई विश्वास गर, बलात्कारले पोलेको, खै त राज्य बोलेको’ लगायतका नारा चर्काएका थिए । 

पीडकलाई कारबाही र पीडितलाई न्यायको माग गर्दै किशोरीले यौनजन्य हिंसा सम्बन्धी उजुरी गर्ने एक वर्षे हद म्याद संशोधन गर्न माग गरेका छन् । यौनजन्य हिंसा सम्बन्धी उजुरी दिने एक वर्षे हद म्यादले यौन हिंसामा परेका कैयौँ महिला न्यायबाट वञ्चित हुने अवस्था देखिएकाले एक वर्षे हद म्याद संशोधन गर्नुपर्ने प्रदर्शनमा सहभागी अनिसा रम्तेलले बताइन् । किशोरीको विरोध कार्यक्रमलाई किशोरले पनि साथ दिएका थिए । उनीहरू यौनजन्य हिंसाका विरुद्धमा नारा लेखिएका कार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

कार्यक्रममा रम्तेल, कृष्णा आचार्य, राधा भट्टराई, शर्मिला परियार, एल्मीका राई, विष्णु उपरकोटी, घनश्याम ढकालले बलात्कारमा संलग्न दोषीमाथि कडा कारबाहीको माग राखेका छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ८ : २० बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका