पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेले जित्ने सम्भावना « Khabarhub

पोखराको मेयरमा गठबन्धन र उपमेयरमा एमालेले जित्ने सम्भावना


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा : शुक्रबार दिउँसोसम्म गठबन्धनको अग्रता थियो । मेयरमा धनराज आचार्य ३ हजार भन्दा बढी मतान्तरले अघि हुँदा उपमेयरमा कोपीला रानाभाट करिव ५ सय मतले अघि थिइन् ।

शुक्रबार साँझदेखि उपमेयरको समीकरण फेरिएको छ । विस्तारै एमालेकी मन्जु गुरुङले अग्रता लिन थालिन् । अहिले अग्रतामा मात्रै छैन, फराकीलो भैसकेको छ । हालसम्मको नतिजा हेर्दा करिब मेयरमा गठबन्धन उम्मेद्वार धनराज आचार्य र उपमेयरमा एमाले उम्मेद्वार मन्जु गुरुङले जित हात पर्ने सम्भावना देखिएको छ ।

अहिले आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर ३ हजार ४ सय ३७  कायम राखेका छन् । १ लाख १२ हजार ५ सय ८० मत गणना हुदाँ आचार्यले ४५ हजार २७ मत पाए भने थापाले ४१ हजार ५ सय ९० मत ल्याएर पछ्याईरहेका छन् ।

राप्रपाका शंकर खरालले ४ हजार ९ सय ८७ मत ल्याउँदा स्वतन्त्र उमेद्वार लौरो चिन्हका खड्कराज पौडेलले २ सय ७ सय ५९ प्राप्त गरे ।उपमेयरमा गुरुङले ४७ हजार ३ सय २४ मत ल्याएकी छन् भने नेपाली कांग्रेसकी रानाभाटले ४४ हजार ९ सय ६४ मत ल्याइन् । उनीहरुबीचको मतान्तर २ हजार ३सय ६० पुगिसकेको छ ।

अब गणना हुन बाँकी रहेका वडाहरुमा एमालेको पकड छ । त्यसैले गुरुङको मतान्तर अझै बढ्ने आँकलन गरिएको छ । उपमेयरमै राप्रपाकी रन्जना सेनले ४ हजार ९ सय २७ मत प्राप्त गरेकी छन् । अब पोखरामा ३० हजार ६ सय ४६ मत गणना गर्न बाँकी छ ।

अहिले सम्म २४ वटा वडाको मतगणना सकिएको छ । जसमध्ये कांग्रेसले १७ र एमालेले ७ वडामा जीत दर्ता गरेको छ । अहिले पोखरा ११, १७, १८, १९, २१, २२, ३१, ३२ र ३३ को मतगणना जारी छ ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ९ : ३६ बजे

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री