नेपालमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’ « Khabarhub

नेपालमा भेटियो ‘अफ्रिकन स्वाइन फिभर’


८ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपालमा पहिलोपटक ‘अफ्रिकन स्वाइन फिभर’ रोग भेटिएको पुष्टि भएको छ । उच्च मृत्युदर भएको अति खतरनाक महामारीजन्य सरुवा रोग भनिएको यो रोग विगतमा अफ्रिकी महादेशमा मात्र देखिएको थियो ।

सन् २०१८ मा यो रोग चीनमा देखा परेसँगै एसियन मुलुकमा पनि भेटिएको पुष्टि भएको छ ।

काठमाडौंको कागेश्वरी मनोहरा क्षेत्रमा पालिएका बङगुरमा उच्च मृत्युदर देखा परेपछि गत चैतको अन्तिम साता नमुना संकलन गरी परीक्षणका लागि अस्ट्रेलियामा नमूना पठाइएको थियो ।

पशु सेवा विभागले जारी गरेको विज्ञप्तिमा गत जेठ २ गते यो रोग लागेको पुष्टि भएको बताइएको छ ।

पशु सेवा विभागका अनुसार यो रोगले काठमाडौंको कागेश्वरी मनहरा, कीर्तिपुर, चन्द्रागिरी, टोखा र दक्षिणकाली क्षेत्र र ललितपुरको गोदावरी तथा भक्तपुरको चाँगुनारायण क्षेत्रका १ हजार १९ बंगुर मरेका छन् ।

यो रोग पशुबाट मानिसमा भने नसर्ने विभागले जनाएको छ ।

विभागका अनुसार यस रोगबाट संक्रमित भएका सुँगुर प्रजातिमा उच्च जरो आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने र शरीरमा निलो धब्बा देखिने, बान्ता गर्ने, छेर्ने जस्ता लक्षण देखिने तथा एकैपटक ठूलो संख्यामा मर्ने गर्छन् ।

प्रकाशित मिति : ८ जेठ २०७९, आइतबार  ११ : ४४ बजे

पर्वतमा ७३ जना ज्येष्ठ नागरिकले पाए आँखाको ज्योति

पर्वत– पर्वतको कुश्मामा सञ्चालित निःशुल्क आँखा परीक्षण शिविरमा ५७४ जनाको

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको मूल्य बढ्यो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

तराईमा हुस्सु, केही भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महाराजगञ्ज वितरण केन्द्र मातहतका स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती

निर्वाचन सामग्री आपूर्तिका लागि आयोगमा १३ सेवाप्रदायक संस्था सूचीकृत

काठमाडौं– निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री