बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ « Khabarhub

बैंकिङ कसुर मुद्दाका फरार घिमिरे पक्राउ


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – बैंकिङ कसुर गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा खोटाङको हलेसी नगरपालिका–६ घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने ३५ वर्षीय उपेन्द्र घिमिरे रहेका छन् ।

महानगरीय प्रहरी बृत्त जगातीको टोलीले मङ्गलबार घिमिरेलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।

घिमिरेले विभिन्न १० व्यक्तिलाई आफ्नो रकम नभएको बैंक खाताबाट चेक काटी रु दुई करोड ३२ लाख ४० हजार बराबरको बैंकिङ कसुर गरी फरार रहेका थिए । पक्राउ गरेर घिमिरेमाथि थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : १७ बजे

चितवन–१ मा रास्वपाका हरि ढकाल फराकिलो मतसहित विजयी

काठमाडौं – चितवन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका

मध्यपूर्वमा तनाव चर्किँदै, इरानद्वारा इजरायल र अमेरिकी अड्डामा आक्रमणको दाबी

तेहरान – इरानले शनिबार इजरायल तथा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य

रास्वपाको लहरबीच एमालेको किल्ला भत्काए कांग्रेसका सन्दीपले

पाल्पा- पाल्पा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार सन्दीप

हुम्लामा कांग्रेसका रोकाया अग्रता

हुम्ला – हिमाली जिल्ला हुम्लामा प्रतिनिधिसभा सदस्यको मतगणना जारी छ

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा