वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय | Khabarhub Khabarhub

वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय



हैजा खासगरी भिब्रियो कलेरा ब्याक्टेरियाबाट हुने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने अन्डरग्राउन्ड पानीलाई परीक्षण गर्दा भिब्रियो कलेरा भाइरस पाइएको छ।

जसले गर्दा यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा पनि किटाणु सर्ने सम्भावना हुन्छ। यसरी हैजा फैलन सक्छ।

शरीरमा भाइरस उत्पन्न
यो संक्रामक रोग भिब्रियो कलेरा विशेषगरी खानेकुराबाट लाग्ने या खाएर हुने रोग हो। हात सफा नगरी खाना खाइयो। पर्सनल हाइजिनमा ध्यान दिइएन भने हातको माध्यमबाट शरीरमा किटाणु प्रवेश गर्छन्।

मुख्य रुपमा हातको माध्यमबाट शरीरमा प्रवेश गर्छन् भने खानेकुरामा फोहोरमैला, झिगाँ परेको खानेकुरा खायो भने हैजा हुनेगर्छ।

हैजा लागेपछिका लक्षण
हैजा हुदाँ ग्याष्ट्रोएन्टेराइटिस हुनेगर्छ। यसले गर्दा बान्ता हुने, लुज मोसन हुने, लुज मोसन हुदाँ चौलानी पानी जस्तो पखाला हुनेगर्छ। तर, पेट दुख्दैन।

एक दिनमा धेरै पटक बान्ता हुने र पखाला लाग्ने गर्छ। यसको समयमै नियन्त्रण गर्न सकिएन भने जलबियोजन हुन्छ। जलबियोजन भयो भने अन्य अंगमा समेत असर हुन्छ।

अर्को व्यक्तिमा सर्ने माध्यम
संक्रमित व्यक्तिको दिसा पिसाब व्यवस्थापन गर्न सकिएन भने अर्को व्यक्तिमा सर्ने गर्छ। संक्रमित व्यक्तिको दिसा पिसाब जथाभावी फाल्नु हुँदैन।

हामीले खानेपानी सुरक्षित छ छैन जाँचेर मात्र पिउनुपर्छ। जारको पानी, बोतलको पानी सफा छ भने मात्र खानुपर्छ। घरमा पनि पानी उमालेर मात्र पिउने गर्नाले अरु जीवाणु पनि नष्ट हुने गर्छन्। हामीले खानेपानीको साथसाथै पर्सनल हाइजिनमा विषेश ध्यान दिनुपर्छ।

खाना खानु भन्दा अघि राम्रोसँगं हात धुने र दिशा पिसाब गरिसकेपछि साबुन पानीले राम्ररी हात सफा गरेमा हातको माध्यमबाट सर्ने किटाणु सर्न पाउँदैनन्। जसले गर्दा संक्रमणको जोखिम कम हुन्छ।

जारको पानी उमाल्नुपर्छ
जारको पानी कुन कम्पनीको हो, अहिले सरकारले वाटर मेनिफेक्चरिङ कम्पनी घोषित गरेको छ। पानीको शुद्धता, भेरीफाइ गरेको प्रमाण हेरेर मात्र जार र बोतलको पानी पिउनु पर्छ। जार र बोतलको पानी सुरक्षित छ भन्ने ग्यारेन्टी हुँदैन्। त्यसैले जारको पानी पनि उमालेर मात्रै पिउनुपर्छ।

हैजाको उपचार
हैजाको लक्षण कसैलाई जटिल र सामान्य देखा पर्छ। पखाला हुदाँ कतिपटक दिसा भयो। कति पटक वान्ता भयो, कस्तो औषधि प्रयोग गरिरहेको छ भनेर हस्पिटल गइहाल्नु पर्छ। हैजा हुनुको कारण के हो खाना खाएर भएको हो कि ? दूषित पानीको कारणले भएको हो पत्ता लगाएर मात्र उपचार गरिन्छ। सबै कुरा हेरेपछि चिकित्सकले परीक्षण गरेर उपचार सुरु गरिन्छ। बिरामीको अवस्था हेरेर सिरियस डिहाइड्रेसन छ, खान सक्दैन बान्ता हुन्छ भने त्यस्तो व्यक्तिहरुलाई लिक्युड फुड दिएर उपचार गरिन्छ।

खानसक्ने व्यक्तिहरुलाई जीवनजल दिन सकिन्छ, यस्तो बेलामा जतिसक्दो पुर्नजलीय झोल खाने, स्वास्थ्य सुधारको लागि अस्पतालमै बस्ने गरियो भने निको हुन्छ। यदि समयमै उपचार गरिएन लामो समय जलबियोजनको अवस्था आयो भने किड्नी ड्यामेज हुने, किड्नीले काम गर्न नसक्ने साथै अन्य गम्भीर प्रकारका रोग देखा पर्छन्।

सबै अस्पतालमा हैजाको उपचार हुन्छ, कतिपय सरकारी अस्पतालमा निःशुल्क उपचार पनि हुने गरेको छ।

नेपालमा हैजाको खोपको अवस्था
एक वर्षअघि कपिलवस्तुको केही एरियाका तीव्ररुपमा हैजा फैलिएको हो। दिसा पिसाबको बिर्सजन राम्रोसँग नभएकाले जमिन मुनिबाट निस्किएको पानी प्रयोग गर्नेमा हैजा लागेको हो।

यसको स्थायी उपचार भनेको पानीको उपचार गर्नु हो। पानीको उपचार भनेको उमालेर , फिल्टर गरेर पिउनु हो। खाना खानु भन्दा अघि र कुनै वस्तु छोएपछि हात राम्ररी धोएर खादाँ हैजाबाट बच्न सकिन्छ।

हैजाको भ्याक्सिनले केही समयको लागि मात्र काम गर्छ। यो भ्याक्सिन हैजा क्षणिक व्यवस्थापनको लागि रोक्न प्रयोग गरिन्छ। स्थायी रुपमा हैजा रोक्नको लागि पानीलाई शुद्ध बनाउनु हो।

खोप कहिले लगाउने
हैजाको खोप उपचारको लागि दिइने होइन। कुनै एरियामा हैजा फैलिएको छ भने त्यसको फैलावट अन्य ठाउँमा नहोस् भनेर रोग भएका व्यक्ति अन्य ठाउँमा जाँदा पनि अरु व्यक्तिलाई किटाणु सर्न नसकुन भनेर खोप दिइने गरिन्छ। रोग गम्बीर नहोस् र व्यवस्थापन गर्न सकियोस भनेर मात्र खोप दिइएको हो।

समस्या नआओस भनेर
हैजाको खोप क्षणिक समयको लागि मात्र हो। यो अनुदानमा दिएर प्रयोग भयो सकियो। सरकारले फेरि ल्याउने सम्भावना हुँदैन। तर, गम्भीर अवस्था आयो भने आउने सम्भावना हुन्छ।

हामीले सबै भन्दा पहिले पानीको सरसफाई सँगै व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ। दिसा पिसाब सुरक्षित ठाउँमा बिर्सजन गर्नुपर्छ। बजारमा पाइने खानेकुरा जथाभावी खानु भएन, खानेकुरा सुरक्षित छ छैन विचार गरेर मात्र खानुपर्छ। सकेसम्म घरमा बनेका खानेकुरा खाने, पानी शुद्ध गरेर खाँदा हैजाबाट बच्न सकिन्छ।

पखाला भएका मानिसहरुलाई अनेक प्रकारका कोकाकोला, फेन्टा, जुस जस्ता अनेक खानेकुरा दिनु हुँदैन। यस्ता खानेकुराले उल्टो असर गर्छन्। पुनर्जलीय झोल बनाएर खाँदा एकदमै राम्रो हुन्छ। साथै भातको माड, जाउलो, दालको रस, ताजा फलफुलको रस खायो भने पखाला कम हुँदै जान्छ। (डाक्टर सागरराज भण्डारीसँग विना न्यौपानेले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : ५१ बजे

चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं–  उपत्यका ट्राफिक प्रहरी कार्यालयले चर्को आवाज निकाल्ने मोटरसाइकल नियन्त्रणमा लिएको

राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको

सहकारी पीडितको समस्या समाधानबारे प्रधानमन्त्री : जे गर्नुपर्छ गरौँ, ठगेर हिँड्नेलाई नछाडौँ

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सहकारी पीडितहरूको समस्या समाधानका लागि पहल

प्रवासी कामदारको स्वास्थ्य रक्षाको मुद्दामा विश्व स्वास्थ्य संगठन सहमत

काठमाडौं– निवर्तमान स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अघि सारेको प्रवासी

बजारलाई थप व्यवस्थित बनाउन अनुगमनलाई तीव्रता दिँदै कामपा

काठमाडौं– चाडपर्व नजिकिएसँगै काठमाडौँ महानगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ