इच्छाराजलाई धरौटीमा छाड्न २ करोडको डिल भएको अडिओ सार्वजनिक भएपछि न्याय परिषद् बैठक बस्दै « Khabarhub

इच्छाराजलाई धरौटीमा छाड्न २ करोडको डिल भएको अडिओ सार्वजनिक भएपछि न्याय परिषद् बैठक बस्दै


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – ठगी मुद्दामा पक्राउ परेका व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्न न्यायाधीश र अधिवक्ताबीच दुई करोडको डिल भएको खुलासा भएको छ ।

जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रूद्र पोखरेलबीच कुराकानी भएको अडिओ सार्वजनिक भएसँगै रहस्य खुलेको हो।

सर्वसाधारणको आठ अर्ब ठगीको आरोपमा पक्राउ परेका तामाङलाई छुटाउन अदालतका न्यायाधीशले नै यसरी डिल गरेको घटना बाहिरिएपछि कायममुकायम प्रधानन्यायायाधीश दीपककुमार कार्कीले चासो देखाएका छन् । उनले यसबारे छलफल गर्न आज दिउँसो १ बजे न्याय परिषद्को बैठकसमेत बोलाएका छन्।

न्युज २४ को टेलिभिजनको एक कार्यक्रममा उनीहरुबीच भएको टेलिफोन संवाद मंगलबार साँझ प्रसारण भएको थियो।

तामाङलाई काठमाडौँ जिल्ला अदालतले गत १४ पुसमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ११ : ३१ बजे

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती