भूकम्पका कारण अफगानिस्तान २८० भन्दा धेरैको मृत्यु « Khabarhub

भूकम्पका कारण अफगानिस्तान २८० भन्दा धेरैको मृत्यु


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अफगानिस्तानमा गएको भूकम्पमा परी कम्तीमा पनि २८० जनाको मृत्यु भएको छ । दक्षिणपूर्वी अफगानिस्तानको पाक्टिका प्रान्तस्थित खोस्त सहरबाट ४४ किलोमिटर टाढा केन्द्रविनदु बनाइ गएको भूकम्पमा २८० जनाको मृत्यु भएको अफगानिस्तानको बख्तर समाचार संस्थाले जनाएको छ ।

सामाजिक सञ्जालमा शेयर गरिएका तस्वीर एवम् भिडियोहरुमा उद्धारकर्ता तथा खोजकर्ताहरुले भवनका भग्नावशेषबाट निकालिएका घाइतेहरुलाई स्ट्रेचरमा राखेर लगिरहेको देखिन्छ । भूकम्पमा परी अरु ६०० जना भन्दा धेरै घाइते भएको बख्तर समाचार संस्थालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

‘दुर्भाग्यवश गएराति पाक्टिका प्रान्तको चार जिल्लामा शक्तिशाली भूकम्पको महसुस गरियो, यसका कारण हाम्रा सयौँ देशवासी मारिए एवम् घाइते भए भने दर्जनौँ घरहरुमा ध्वत भए ।’ अफगानिस्तानमा तालिबान सरकारका प्रवक्ता बिलाल करिमीले सामाजिक सञ्जाल ट्विटरमार्फत जानकारी दिएका छन् ।

‘हामी सबै सहयोगी निकायहरुलाई सो क्षेत्रमा तत्काल परिचालन हुन आग्रह गर्दछौँ ।’ अफगानिस्तानमा गएको भूकम्पको धक्का छिमेकी मुलुकहरु पाकिस्तान र भारतसम्म महसुस गरिएको बीबीसीले जनाएको छ । यद्यपि भूकम्पका कारण अफगानिस्तानमा बाहेक अन्यत्र कुनै क्षतिको विवरण भने नआइसकेको बीबीसी उर्दूले जनाएको छ ।

अफगानिस्तानमा प्रायजसो भूकम्पहरु जाने गरेको बताइन्छ । पछिल्लो १० वर्षमा मात्र भूकम्पका कारण अफगानिस्तानमा ७ हजार भन्दा धेरैको मृत्यु भइसकेको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १२ : ४९ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता