भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने  « Khabarhub

भोलिदेखि ५ देखि ११ वर्षसम्मका बालबालिकालाई कोभिडविरुद्धको खोप लगाइने 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनमा ५ देखि ११ वर्षसम्मका बालबालिकालाई भोलि बिहीबारदेखि कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ । लक्षित समूहका बालबालिकालाई फाइजर–बायोएनटेक नामक खोपको पहिलो मात्रा लगाउन लागिएको हो । पहिलो मात्रा लगाएको २१ दिनपछि दोस्रो मात्रा लगाउनुपर्ने छ ।

स्वास्थ्य कार्यालय चितवनकाअनुसार ९–१४ असारसम्म पूर्वी चितवनका कालिका, रत्ननगर, खैरहनी र राप्ती नगरपालिकाका बालबालिकालाई खोप लगाइने छ । १४–१८ असारसम्म भरतपुर महानगरपालिका, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकाका बालबालिकालाई खोप लगाइने कार्यालयका निमित्त प्रमुख राम केसीले जानकारी दिए ।

चितवनमा लक्षित समूहका बालबालिका करिब ७० हजार ३८२ जना रहेको कार्यालयको अनुमान छ । बालबालिकाका लागि जिल्लामा भने ७६ हजार ८०० डोज खोप प्राप्त भएको केसीले बताए । विद्यालयमा पढ्ने र विद्यालय बाहिरका बालबालिका सबैलाई विद्यालय खोप केन्द्रमा नै खोप लगाइने उनले जानकारी दिए ।

५ देखि ११ वर्षसम्मका बालबालिकालाई दिइने खोप अन्य समूहका व्यक्तिलाई लगाउन नमिल्ने उनी बताउँछन् । यी समूहका बालबालिकाई फाइजर–बायोएनटेकको सुन्तला रङको क्याप र घेरा भएको भाइलको खोप लगाइन्छ ।

खोप लगाउँदाको दिनमा १२ वर्ष पुगेका बालबालिकालाई भने भाइलमा बैजनी रङको क्याप र घेरा भएको खोप लगाइने उनले बताए । एक भाइल खोपले १० जना बालबालिकालाई खोपको पहिलो मात्रा पुग्ने उनले बताए ।

‘खोप लगाएपछि बालबालिकामा सामान्य ज्वरो आउने, टाउको दुख्ने, वान्ता हुनेजस्ता समस्या देखिन सक्छ । सामान्य समस्या देखिदैमा आत्तिन हुँदैन’, उनी भन्छन्, ‘एक सयदेखि १०२ डिग्रीसम्म ज्वरो आउँदा सिटामोल खुवाउन सकिन्छ । त्योभन्दा माथि ज्वरो आए वा गम्भीर किसिमको समस्या देखिन थालेमा भने तत्काल अस्पताल लैजानुपर्छ ।’

बालबालिकालाई दिन लागिएको यो खोप पूर्ण सुरक्षित रहेको उनले बताए । यसको प्रभावकारिता ९१ प्रतिशत रहेको छ । खोप लगाउँदा एलर्जी हुने, कोभिड संक्रमण भएका र गम्भीर रोगको औषधि खाइरहेका बालबालिकाले चिकित्सकको परामर्श लिएर खोप लगाउनुपर्ने उनले बताए ।

खोप अभियानका लागि जिल्लाका ५४० विद्यालयलाई खोप केन्द्रका रूपमा प्रयोग गरिनेछ । खोप लगाउन ९४४ स्वास्थ्यकर्मी खटाइने स्वास्थ्य कार्यालयकी सूचना अधिकारी गीताञ्जली ढकालले बताइन् । जिल्लामा हालसम्म पाँच लाख २८ हजार ९२५ जनालाई खोपको पहिलो मात्रा, चार लाख ७० हजार ५७ जनालाई खोपको दोस्रो मात्रा र ९३ हजार ४७० जनालाई खोपको बुस्टर मात्रा लगाइसकिएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  १ : ५२ बजे

राष्ट्रपति पौडेलद्वारा निर्वाचन आयोगको प्रमुख आयुक्तमा मानबहादुर कार्की नियुक्त

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले काठमाडौं महानगरपालिकासँग सहकार्य

कुवेतको चिनियाँ कम्पनीमा इरानी आक्रमण : एकजना नेपालीको मृत्यु

काठमाडौं– पश्चिम एसिया युद्धको असर वैदेशिक रोजगारीमा रहेका नेपालीमा पनि

सुनसरीको तनाव सिरहा सर्‍यो, ठाउँ ठाउँमा आगजनी (तस्बिरहरू)

काठमाडौं– सुनसरीमा दुई समुदायबीच सुरु भएर अन्य जिल्लामा फैलिएको प्रदर्शन सिरहामा

देश जल्न थाल्यो, पूर्वराजा र राष्ट्रपति बोल्दा पनि तोडिएन प्रधानमन्त्रीको मौनता

काठमाडौं- पाँच दिनदेखि देशका विभिन्न क्षेत्रमा प्रहरी र प्रदर्शनकारीबीच झडप