पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’  « Khabarhub

पण्डितले उजुरी दिँदै भने, ‘स्वतन्त्र शब्दकै अपव्याख्या हुने भयो’ 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्व सञ्चारकर्मी रवि लामिछानेले आफ्नो नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी दल दर्ता गर्न खोजेको विषयमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान पश्चात् अन्य स्वतन्त्र उम्मेदवारहरू पनि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियालाई निवेदन दिएका छन् ।

मनोज पण्डित सहित राजकुमार बजगाईं, पुस्कर शाह लगायतले संयुक्त निवेदन दिँदै रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदन खारेजीको माग गरेका छन् । फिल्म निर्देशक समेत रहेका मनोज पण्डितले ‘स्वतन्त्र पार्टी विरुद्ध स्वतन्त्र उम्मेदवार’ लेखेका छन्। पूर्व सञ्चारकर्मीले आफ्नो पार्टीको नाममा स्वतन्त्र शब्द राखेसँगै स्थानीय तहमा देशैभरि स्वतन्त्र उम्मेदवार दिएका र आसन्न प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका वा स्वतन्त्र उम्मेदवारीको तयारी गरेका वास्तविक स्वतन्त्र व्यक्ति समूह/संस्थालाई गम्भीर आघात पुगेको उल्लेख छ ।

निर्देशक पण्डितले लामिछानेले माग गरेको स्वतन्त्र नाममा आफू जस्ता स्वतन्त्र उम्मेदवारको विमति रहेको उल्लेख गरेका छन्। लामिछानेको पार्टीको नामबाट स्वतन्त्र शब्द हटाउन आग्रह गर्दै दिएको उजुरीमा उल्लेख छ, ‘ स्वतन्त्र शब्दको आफ्नै महत्त्व छ र यसले दलीय भिडबाट फरक बनाउन विशेष अर्थ बोक्छ। स्वतन्त्र शब्द दललाई दिँदा हामी जस्ता स्वतन्त्र उम्मेदवारहरूलाई असहज परिस्थितिको निर्माण हुनेछ । साथै, यसले जनतामा भ्रम गरी स्वतन्त्र शब्दको अपव्याख्या हुने भएकाले उक्त दलको नामको विषयमा निर्णय लिँदा गहन विश्लेषण गर्न अनुरोध छ ।’

लामिछानेको पार्टीलाई स्वतन्त्र उम्मेदवार अभियान, अभियन्ता र देशभरिमा स्थानीय, प्रदेश र संघीय तहमा स्वतन्त्र उम्मेदवार दिने कुनै पनि स्वतन्त्र उम्मेदवारहरूको समर्थन–सहकार्य नरहेकोसमेत उजुरीमा उल्लेख छ । आसन्न प्रतिनिधि सभाको निर्वाचनमा काभ्रेपलाञ्चाेक क्षेत्र नं. १ बाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएका मनोज पण्डितलगायतले रविविरुद्ध उजुरी दर्ता गराएका हुन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  २ : ११ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर