‘केजीएफ ३’ मा बलिउड एक्ट्रेस हुने  « Khabarhub

‘केजीएफ ३’ मा बलिउड एक्ट्रेस हुने 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केजीएफ सिरिज मार्फत अभिनेता यश स्टार बनिसकेका छन् । उनको स्टारडम साउथ इन्डियामा मात्र नभई नर्थमा पनि बढ्यो । केजीएफको च्याप्टर २ ले गरेको बिजनेस आफैँमा एउटा रेकर्ड हो । उनले आफूसँगै कन्नडा फिल्म उद्योगलाई पनि चिनाउन सफल भए । यसका कारण चलचित्रका निर्देशक प्रशान्त नील पनि हुन् । सिक्वेलमा यश झनै शक्तिशाली देखिनेछन् भने फ्यान केजीएफको तेस्रो च्याप्टरको प्रतीक्षामा छन् ।

फ्यानको प्रतीक्षालाई झनै बढाउन फिल्मका निर्माता मध्येका एक सदस्यले फिल्मको काम सुरु भएको सङ्केत गरेका छन् । इन्डिया टुडेको एक रिपोर्टमा ती निर्माताले फिल्मलाई सिक्वेल बनाउने वा प्रिक्वेल बनाउने विषयमा छलफल भइरहेको बताएका छन् । ‘केजीएफ २ मा केही समय बढाइएको छ । झन्डै ५ वर्षको उक्त समयको कथा भन्न सकिनेछ । जहाँ यशले कसरी आफ्नो केजीएफ बनाए भन्ने देखाइने छ’ ती निर्माताले भने ।

साथै सिक्वेल बन्ने भएमा बलिउडको ए – लिस्टेड एक्ट्रेसले पनि अभिनय गर्ने उनले बताएका छन् । दोस्रो च्याप्टरमा नै श्रीनिधि शेट्टीको मृत्यु भएकाले नयाँ एक्ट्रेसको रूपमा बलिउड सुन्दरीले स्थान पाउने सङ्केत ती निर्माताले गरेका छन् । यद्यपि ‘केजीएफ : च्याप्टर ३’ भन्दा अगाडी यशले अर्को प्रोजेक्टको रूपमा केजीएफ भन्दा बाहिरको फिल्म गर्दै छन् । उनले निर्देशक नार्थनसँग काम गर्ने चर्चा छ । यस फिल्ममा यशको अपोजिटमा पूजा हेग्डेले अभिनय गर्नेछिन् ।

पछिल्लो समय पूजाले ठूला स्टारहरुसँग काम गरिरहेकी छिन् । यद्यपि सफलता हात पाएकी छैनन् । पूजाले प्रभाससँग राधेश्याम, विजयसँग बिस्टमा काम नगरेकी होइनन् । यद्यपि दुवै फिल्म सफल हुन् सकेनन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ३३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी