महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ : नेपाल अपांग महिला संघ « Khabarhub

महिलाविरुद्धका सबै हिंसा अन्त्य हुनुपर्छ : नेपाल अपांग महिला संघ


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– नेपाल अपांग महिला संघले अपांगता भएका व्यक्ति र महिलामाथि हुने सबै प्रकारका हिंसा रोक्न  माग गरेको छ । नेपाल अपांग महिला संघ जुम्लाको बुधबार चन्दननाथ नगरपालिकामा आयोजना गरेको कार्यक्रममा यस्तो माग गरिएको हो । 

अपांगता भएका महिलाविरुद्ध हुने हिंसा न्यूनीकरणमा सबैको एकमत हुनु पर्ने अपांग महिला संघकी कर्णाली प्रदेशकी सम्पर्क व्यक्ति धनसरा शाहीले बताइन । उनले भनिन्, ‘समग्र महिला लैङ्गिक विभेदको मारमा परिरहेको अवस्थामा  अपांगता भएका महिला झन्  धेरै प्रकारका हिंसा, यातनाबाट पीडित हुने गरेका छन्’ । उनले अपांगता भएका महिला अवसरबाट  समेत वञ्चित हुने अवस्था निर्मूल गर्न आवश्यक रहेको बताइन । यस्तै, अपांगता भएका महिला बलात्कार तथा यौन दुर्व्यवहारको शिकार हुन नदिनको सचेतना फैलाउन जरुरी रहेको उनको भनाइ छ ।

चन्दननाथ नगरपालिका महिला तथा बालकालिका शाखाका बालकल्याण अधिकारी  पुष्पा थापाले महिला हिंसा न्यूनिकरणका लागि  विभिन्न क्रियाकलाप भइरहेको बताइन ।उनले हिंसा न्यूनिकरणका लागि बनाएका कानुन र तिनको कार्यान्वयन बारे सबै महिला जानकार हुनुपर्ने बताइन । 

कार्यक्रममा चन्दननाथ नगरपालिका महिला तथा बालकालिका शाखाका  प्रमुख माया थापा,  नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष  नेत्रबहादुर  शाही, अपांग पुनर्स्थापना तथा विकास केन्द्रकी उपाध्यक्ष  कमला बुढालगायतले अपांगता भएका व्यक्तिलाई सीपमुलक र आयआर्जनका कार्यक्रममा सहभागी गराउन सुझाब दिए । 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ०६ बजे

भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको आयोजना

काठमाडौं– विस्केट जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा विस्केट विशेष मौलिक सांस्कृतिक कार्यक्रमको

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारी 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको

कांग्रेस संसदीय दलको नेता आङ्देम्बे कि आचार्य ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनसँगै प्रतिनिधि सभाले पाँच

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर– प्रधानमन्त्री बालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ, अनुशासित

सभामुख अर्याल र अध्यक्ष दाहालबीच पहिलो औपचारिक भेटवार्ता

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालबीच