युक्रेनमा जारी युद्धका विषयमा टर्कीले संयुक्त बैठकको आह्वान गर्ने « Khabarhub

युक्रेनमा जारी युद्धका विषयमा टर्कीले संयुक्त बैठकको आह्वान गर्ने


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टर्कीले युक्रेनका लागि संयुक्त बैठकको आह्वान गर्ने भएको छ । युक्रेनमा जारी रहेको रुसको हमलाका विषयमा टर्कीले बैठकको आह्वान गर्ने भएको हो ।

टर्कीले इस्तानबुलमा बैठक आह्वान गरेको छ । आगामी हप्ता चार दिनका लागि सो बैठकको आह्वान गरेको हो । यस विषयमा आवश्यक छलफलका लागि टर्कीको सैनिक प्रतिनिधिमण्डल यसै हप्ता रुस जाने भएको छ ।

सो बैठकमा संयुक्त राष्टसङ्घका महासचवि एन्टोनियो गुटर्रेस पनि सहभागी हुने समाचारमा जनाइएको छ । संयुक्त राष्टसङ्घले रुस र युक्रेनलाई शान्ति स्थापनाका लागि पहल गर्न आग्रह गर्दै आएको छ ।

साथै युक्रेनमा जारी रहेको हिंसाका कारण त्यहाँबाट खाद्यान्नलगायतका सामान निर्यात गर्ने बाटो पनि बन्द भएको छ । खाद्यान्न निर्यातका लागि करिडोर स्थापना गर्न संयुक्त राष्ट्रसङ्घले आग्रह गर्दै आएको छ ।

सो प्रयोजनका लागि सहमति जुटाउन पनि रुस र युक्रेनको सहभागितामा टर्कीले सो बैठकको आयोजना गरिएको टर्कीले जनाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : १८ बजे

लामो दूरीका रात्रि तथा दिवा सेवाका गाडी बसपार्कबाट मात्रै छुट्ने

काठमाडौं– काठमाडौँ उपत्यकामा दिनहुँ बढ्दो ट्राफिक जाम नियन्त्रण गर्न ट्राफिक

एमाले महाधिवेशनको उद्घाटनसत्र : १० हजार स्वयंसेवक परिचालन गरिने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा

हर्षोल्लाससहित मनाइँदै धान्यपूर्णे, योमरी पुन्ही (तस्बिरहरू)

काठमाडौं– मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात् आज धानको विधिपूर्वक पूजाआजा

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो

एनपीएल : पोखरा टस जितेर बलिङमा

काठमाडौं– राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आजको