अमेरिकामा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी | Khabarhub Khabarhub

अमेरिकामा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी थालेको छ । अमेरिकाको बाइडेन प्रशासनले चुरोट र अन्य तयारी सुर्तीजन्य पदार्थमा अधिकतम निकोटिनको मात्राको व्यवस्था गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसका लागि सरकारले उत्पादकहरूसँग छलफल गरिरहेको अमेरिकी प्रशासन ह्वाइट हाउसको बजेट कार्यालयले जनाएको छ । यो नियम अर्को वर्षबाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यद्यपि चुरोटमा निकोटिनको मात्रा नियमन गर्ने सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

चुरोट तथा अन्य सुर्तिजन्य पदार्थमा पाइने निकोटिन तथा अन्य हजारौँ हानीकारक रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ ।

नयाँ नियमबाट पुराना अम्मलीहरुको लत छुटाउने एवम् युवापुस्ताका नयाँ अम्मलीहरुलाई निरुत्साहन गर्ने उद्देश्य लिइएको रोयटर्सले जनाएको छ ।

क्यान्सरविरुद्ध बाइडेन प्रशासनले चालेको कडा कदमका रुपमा नयाँ नियमलाई हेरिएको छ । यसअघि अमेरिकामा आगामी २५ वर्षमा क्यान्सरबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिइएको थियो ।

यद्यपि युरोपको तुलनामा अमेरिकामा धुम्रपान कम प्रचलित र घट्दै गएको बताइएको छ । रोयटर्सका अनुसार अमेरिकामा १२ दशमलब ५ प्रतिशत वयस्कहरुले चुरोट पिउँछन् ।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण अमेरिकामा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ ।

यसबाहेक दोस्रो व्यक्तिले सेवन गरेको चुरोटको धुवाँका कारण अरु ७ हजार ३ सय भन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

अमेरिकाको खाद्य एवम् औषध प्रशासन एफडीएका अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण प्रत्यक्ष स्वास्थ्य खर्च एवम् गिर्दो उत्पादनशीलताका कारण प्रति वर्ष ३ खर्ब डलरभन्दा बढीको नोक्सानी हुने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ५२ बजे

दुर्गा प्रसाईँ भन्छन्– ‘माहोल बनेपछि लिङ्देन र थापा ढोक्सा थाप्न आइपुगे’

काठमाडौं– राजा ल्याउने भनेर एकीकृत भएका समूहमा विभाजन देखिएको छ

गणतन्त्रको विकल्प अरू हुन सक्दैन : सिके राउत

महोत्तरी– जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सिके राउतले राजावादीहरूको सक्रियतालाई

‘जनताले राजासहितको लोकतन्त्र खोजेका छन्’

काठमाडौं– राप्रपा नेपालका अध्यक्ष कमल थापाले सच्चा लोकतन्त्रवादीले राजा आउँदा

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता 

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन

सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ४ सिङ्गा–तातोपानीमा नदी नियन्त्रण आयोजना सुरु