अमेरिकामा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी « Khabarhub

अमेरिकामा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाले चुरोट तथा सुर्तीजन्य पदार्थमा निकोटिनको मात्रालाई नियमन गर्ने तयारी थालेको छ । अमेरिकाको बाइडेन प्रशासनले चुरोट र अन्य तयारी सुर्तीजन्य पदार्थमा अधिकतम निकोटिनको मात्राको व्यवस्था गर्न लागेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसका लागि सरकारले उत्पादकहरूसँग छलफल गरिरहेको अमेरिकी प्रशासन ह्वाइट हाउसको बजेट कार्यालयले जनाएको छ । यो नियम अर्को वर्षबाट कार्यान्वयनमा आउने अपेक्षा गरिएको छ । यद्यपि चुरोटमा निकोटिनको मात्रा नियमन गर्ने सरकारको कदमले सुर्ती उद्योगलाई ठूलो धक्का पुग्ने अनुमान गरिएको छ ।

चुरोट तथा अन्य सुर्तिजन्य पदार्थमा पाइने निकोटिन तथा अन्य हजारौँ हानीकारक रसायन र यसको धुवाँले क्यान्सर, मुटुरोग, मस्तिष्कघात, फोक्सोको रोग, मधुमेहलगायतका रोगहरू निम्त्याउने गर्छ ।

नयाँ नियमबाट पुराना अम्मलीहरुको लत छुटाउने एवम् युवापुस्ताका नयाँ अम्मलीहरुलाई निरुत्साहन गर्ने उद्देश्य लिइएको रोयटर्सले जनाएको छ ।

क्यान्सरविरुद्ध बाइडेन प्रशासनले चालेको कडा कदमका रुपमा नयाँ नियमलाई हेरिएको छ । यसअघि अमेरिकामा आगामी २५ वर्षमा क्यान्सरबाट मृत्यु हुनेको संख्या आधाले घटाउने लक्ष्य लिइएको थियो ।

यद्यपि युरोपको तुलनामा अमेरिकामा धुम्रपान कम प्रचलित र घट्दै गएको बताइएको छ । रोयटर्सका अनुसार अमेरिकामा १२ दशमलब ५ प्रतिशत वयस्कहरुले चुरोट पिउँछन् ।

अमेरिकाको रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का अनुसार सुर्तीजन्य पदार्थको सेवनका कारण अमेरिकामा हरेक वर्ष ४ लाख ८० हजार जनाको मृत्यु हुने गरेको छ ।

यसबाहेक दोस्रो व्यक्तिले सेवन गरेको चुरोटको धुवाँका कारण अरु ७ हजार ३ सय भन्दा धेरैले ज्यान गुमाउने गरेका छन् ।

अमेरिकाको खाद्य एवम् औषध प्रशासन एफडीएका अनुसार सुर्तिजन्य पदार्थको सेवनका कारण प्रत्यक्ष स्वास्थ्य खर्च एवम् गिर्दो उत्पादनशीलताका कारण प्रति वर्ष ३ खर्ब डलरभन्दा बढीको नोक्सानी हुने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ३ : ५२ बजे

बाँके निकुञ्ज आउने पर्यटकको सङ्ख्या वृद्धि

नेपालगन्ज – बाँके राष्ट्रिय निकुञ्जमा आउने पर्यटकको सङ्ख्या डेढगुणाले वृद्धि

डढेलोबाट ‘अतुलनीय’ प्राकृतिक क्षति : फिलीप

म्याड्रिड, १० साउन (रासस/एएफपी) – स्पेनका राजा फिलीप छैठौँले आइतबार

बङ्गलादेशमा नयाँ राष्ट्रपतिको चयन सेप्टेम्बरमा हुने

ढाका – बङ्गलादेशले सेप्टेम्बरमा आह्वान हुने संसद्को बैठकले नयाँ राष्ट्रपति

लागुऔषधसहित विभिन्न स्थानबाट २७ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित मुलुकका विभिन्न स्थानबाट २७ जनालाई

चोटका कारण नन्दन यादवले लिग–२ सिरिजका बाँकी खेल गुमाउने

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर नन्दन