१७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा « Khabarhub

 १७५ किलो गाँजासहित ट्रक प्रहरी नियन्त्रणमा


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सप्तरीमा अदुवा लोड रहेको मिनी ट्रकमा ठूलो परिमाणमा गाँजा बरामद भएको छ । शङ्का लागेर सशस्त्र प्रहरीले जाँच गर्दा १ सय ७५ किलो लागू औषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङको नेतृत्वमा रहेको सशस्त्रको टोली उक्त परिमाणमा गाँजा बरामद गरेको हो । प्रहरीलाई झुक्काएर ट्रक चालक र सहचालक भने फरार भएका छन् ।

मंगलबार राति पौने ११ बजे पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको हनुमान नगर कंकालिनी नगरपालिकाको कोसी ब्यारेजस्थित चेक प्वाइन्टमा को१ख २९२५ नम्बरको मिनी ट्रक चेकजाँच गर्दा १ सय ७५ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।

ट्रकमा ३ सय ५० केजी अदुवासहित बोरामा प्याकिङ गरिएको गाँजा बरामद भएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ३९ बजे

सन्दीप बीपीएल खेल्न बंगलादेशमा

काठमाडौं – नेपाली लेग स्पिन सन्दीप लामिछाने बंगलादेश प्रिमियर लिग

निर्वाचन ७२ दिन बाँकीः कस्तो अवस्थामा समानुपातिक उम्मेदवार अयोग्य हुन्छन् ?

काठमाडौं – सरकार, प्रदेश सरकार वा स्थानीय तहबाट अनुदान प्राप्त

मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार

आज २०८२ साल पुस ८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ८ गते मंगलबार तदनुसार