अमेरिकी साइबर सुरक्षा कम्पनीद्वारा चिनियाँ ह्याकरहरुले चलाएको ‘अपरेसन कुकुबिज’ को भण्डाफोर « Khabarhub

अमेरिकी साइबर सुरक्षा कम्पनीद्वारा चिनियाँ ह्याकरहरुले चलाएको ‘अपरेसन कुकुबिज’ को भण्डाफोर


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चिनियाँ ह्याकरहरुले ठूलो स्तरमा साइबर आक्रमण गरी बौद्धिक सम्पत्ति चोरी गर्ने गरेको खुलासा भएको छ ।

अमेरिकाको बोस्टन राज्यको मासाचुसेट्स सहरमा रहेको साइबररिजन नामक कम्पनीले चिनियाँ ह्याकरहरुले सञ्चालन गरेको ‘अपरेसन कुकुबिज’ नामक साइबर अभियानको खुलासा गरेको हो ।

भारतीय समाचार संस्था एएनआईका अनुसार बौद्धिक सम्पत्ति चोरी गर्ने उद्देश्यबाट प्रेरित यस साइबर अभियानमा एपीटी ४१ भनिने विन्टिटी नामक चिनियाँ ह्याकिङ समूहको संलग्नता रहेको जनाइएको छ ।

यस साइबर अभियानमा संलग्न चिनियाँ ह्याकरहरुले अमेरिका, युरोप र एसियाली महादेशका रक्षा उद्योग, हवाई उद्योग, स्वास्थ्य एवम् औषधि प्रविधिजस्ता कम्पनीहरुलाई लक्षित गर्दै आएका थिए ।

साइबररिजनले १२ महिला लगाएर गरेको अध्ययनको प्रतिवेदनअनुसार यो समूहले रणनीतिक रुपमा महत्वपूर्ण उद्योगहरुको बौद्धिक सम्पत्ति चोरी गर्दै आएका थिए ।

साइबररिजनका अनुसार सन् २०१९ बाट यस समूहले ह्याकिङ अभियान थालेको थियो ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : ४४ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु