माने लिभरपुलको ठुलो समर्थक « Khabarhub

माने लिभरपुलको ठुलो समर्थक


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बायर्न म्युनिख क्लबमा जानु अगाडि साडियो मानेले लिभरपुल क्लबको यात्राको समीक्षा गरेका छन् । लिभरपुलले आज सार्वजनिक गरेको एक भिडियोमा मानेले आफू लिभरपुलको समर्थकहरुपश्चात सबैभन्दा ठुलो समर्थक भएको बताए ।

 लिभरपुलको गृह मैदान एन्फिल्डमा खेल्दा छुट्टै उर्जा पाउने मानेले बताए । करिब ६ वर्ष लिभरपुलमा आवद्ध भएका मानेले लिभरपुलको लागि कुल १ सय २० गोल गरे । ६ सिजनमा मानेले लिभरपुलका लागि कुल २ सय ६९ खेलमा उपस्थिति जनाएका छन् ।  उनले आर्सनलविरुद्ध गरेको पहिलो गोल र बार्यन म्युनिखविरुद्ध गरेको दोस्रो गोल लिभरपुलको यात्राको यादगार गोल भएको बताए । 

लिभरपुललाई च्याम्पियन्स लिग, फिफा क्लब विश्व कप, यूईएफए सुपरकप, इङ्ग्लिश प्रिमियर लिग, इङ्ग्लिश लिग कप, र इङ्लिश एफए कपको उपाधि जित्न मानेले महत्वपूर्ण भूमिका खेले । सन् २०१६ मा लिभरपुलमा जोडिएका मानेले लिभरपुलको यात्रालाई शुभकामना व्यक्त गर्दै क्लबबाट बिदा भए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : १९ बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको