रारामा एक वर्षमा भित्रिए १० हजार पर्यटक « Khabarhub

रारामा एक वर्षमा भित्रिए १० हजार पर्यटक


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु-  जिल्लाको उत्कृष्ट पर्यटकीय गन्तव्य रारामा १० हजार पर्यटकले घुमफिर गरेका छन् । गत वर्ष असारदेखि जेठ मसान्तसम्म नेपाली पर्यटक १० हजार र विदेशी ८२ जनाले रारा अवलोकन गरेको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत बद्रीविनोद दाहालले बताए । कोरोना महामारीले शिथिल बनेको रारा महामारी घटेपछि एक वर्षमा रारा घुम्ने आन्तरिक पर्यटकको संख्या १० हजार नाघेको हो ।

पोखरा, काठमाडौं, विराटनगर, चितवन, पाल्पा, भक्तपुर, भैरहवालगायत जिल्लाका आन्तरिक पर्यटकले रारा भ्रमण गरेका छन् भने बेलायत र अमेरिका लगायतका मुलुकका बाह्य पर्यटक रारा अवलोकन गर्न आएका छन् ।

अमेरिका, अस्ट्रेलिया र बेलायतका राजदूतसहित प्रदेश तथा संघीय मन्त्रालयका सचिव उपसचिव विदेशी कूटनीतिक नियोगका कर्मचारी गैरसरकारी संस्थाका कर्मचारी पनि यो वर्षमा रारा भ्रमण गरेका छन् ।

अधिकांश आन्तरिक पर्यटक स्थल मार्ग र केही हवाई मार्गबाट रारा घुम्न आएको निकुञ्ज अधिकृत दाहालले बताए । विदेशी पर्यटक भने जहाजबाटै रारा आएको उनले बताए । उनले भने अझै दसैँ–तिहारमा रारा घुम्न आन्तरिक तथा बाह्य पर्यटकको संख्या वृद्धि हुने अपेक्षा गरिएको छ ।

रारामा पर्यटकीय सुविधायुक्त होटेल अभावका कारण घुम्न आएका पर्यटकलाई गाँसबासको समस्या झेल्नु परेको छ । अर्कोतिर मुगुमा भरपर्दो हवाई सेवा नहुँदा पर्यटकलाई इच्छा अनुसार आउजाउ गर्न कठिन हुने गरेको छ । रारा जोडने गमगढी नाग्मा सडक पक्की नहुँदा पर्यटक सास्ती हुने गरेको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : २८ बजे

नेपाली क्रिकेट टोलीलाई आईसीसी टी–२० विश्वकप खेल्न बिदाइ

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट

‘गाजामा बालबालिकालाई पढाइ सुनिश्चित गर्न सहयोग बढाऊँ’

एजेन्सी – संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

मानसिक सन्तुलन गुमाएका युवकले गरे आफ्नै आमाको हत्या

भक्तपुर– मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको