डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्यौट  | Khabarhub Khabarhub

डिभिजन वन कार्यालय बाराद्वारा १० करोड बेरुजु फर्छ्यौट 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– डिभिजन वन कार्यालय बाराले १० करोड बेरुजु फर्छ्यौट गरेको छ । करिब एक दशक पुरानो १६ करोड बेरुजु मध्ये गत वर्षसम्म १० करोड बेरुजु फर्छ्यौट गरेको हो । 

१६ करोड बेरुजु मध्ये ९ करोड सव डिभिजन र इलाका वन कार्यालयहरूमा रहेका काठहरू समय मै लिलाम नहुँदा लगतमा रकम चढाइएको तर बिक्री नभएका जोखिमयुक्त काठहरूको मात्रै रहेको थियो भने अन्य वन कर्मचारी र विभिन्न संघ संस्था तथा व्यक्तिको नामको पेस्की बेरुजु रहेको वन कार्यालयले जनाएको छ । 

यसैबीच डिभिजन वन कार्यालय बाराले आयोजना गरेको ‘स्वागत तथा फेरी भेटौला’ कार्यक्रममा बाराका डिभिजन वन अधिकृत मञ्जुर अहमदले ३ वर्ष अघि बाराको वन कार्यालय देशभर कै ७७ जिल्ला मध्ये कै सबै भन्दा धेरै बेरुजु हुने कार्यालय मध्येको पहिलो स्थानमा रहेको बताए ।

२०७५ सालमा बारामा तत्कालीन डिभिजन वन प्रमुखसहित दुई दर्जन कर्मचारीहरू विरुद्ध एकै पटक अख्तियारमा उजुरी परेको थियो । जस मध्ये केही कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भइसकेको छ भने केही कर्मचारी माथि अख्तियारले अनुसन्धान जारी राखेको छ । 

सुकुम्बासी बाहेक पनि केही जग्गा माफियाहरूले बाराको वन क्षेत्रलाई नियोजित ढंगले अतिक्रमण गरेर भौतिक पूर्वाधारहरू निर्माण गरिरहेका छन् । गत वर्ष वन कार्यालयले मानवीय अतिक्रमणमा परेको कोहल्वीजीतपुरसिमराको चकरी क्षेत्रको करिव २ सय हेक्टर वनको जग्गा फिर्ता ल्याएर सो क्षेत्रमा तारबार सहित वृक्षारोपण गरेको छ । 

३ वर्ष बाराको डिभिजन वन प्रमुख भएर सोमवार मात्रै बिदाई भएकाका अहमद विगतका वन कर्मचारीहरूले नै व्यक्तिगत लाभमा परेर संस्थाको हित विपरित काम गर्ने गरेको टिप्पणी गरे । स्वागत तथा बिदाई कार्यक्रममा बोल्दै महोत्तरीबाट सरुवा भएर बारा आएका डिभिजन वन अधिकृत बिनोद सिंहले वन जंगल खुला प्राकृतिक सम्पत्ति भएकोले यसको संरक्षणमा सबै तहका नागरिकको सहयोग आवश्यक पर्ने बताए । उनले वन जंगल संरक्षणमा आफू कहिल्यै नचुक्ने प्रतिवद्धता समेत जनाएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ७ : २९ बजे

रासायनिक मल सहज रूपमा उपलब्ध गराउन मन्त्रालय क्रियाशील

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको सहज व्यवस्थापन

मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको स्कारपियो दुर्घटना हुँदा श्रीमतीको मृत्यु, श्रीमान् घाइते

मन्थली– रामेछापको मन्थलीबाट हेटौँडातर्फ जाँदै गरेको बा१३ च ३९३५ नम्बरको

मुख्यमन्त्री बानियाँलाई मत दिन कांग्रेसको ह्वीप

मकवानपुर– नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलले दलका नेता एवम्

दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

देउखुरी – दाङमा दुईवटा सवारी साधन (मोटरसाइकल)एकापसमा ठोक्किँदा एक जनाको

अमेरिका र मेक्सिको विवाद, सियनबोम भन्छिन्- विदेशी सेना स्वीकार्य छैन

मेक्सिको – मेक्सिकोकी राष्ट्रपति क्लाउिडिया सियनबोमले आफ्नो देशको भूभागमा अन्य