‘दोख’ टिजरमा जनयुद्धको परिदृश्य (भिडियो)  « Khabarhub

‘दोख’ टिजरमा जनयुद्धको परिदृश्य (भिडियो) 


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लामो समयको पर्खाइ पश्चात् प्रदर्शन तय गरेको फिल्म ‘दोख’ ले प्रचारप्रसारलाई तीव्रता दिइरहेको छ । गाउँले परिवेश, जीवनशैली, द्वन्द्व र फुटबललाई विषय बनाएको फिल्मलाई अनुप बरालले निर्देशन गरेका हुन् ।

 माओवादी जनयुद्ध बेलाको घटनाक्रम र परिदृश्यलाई टिजरमा प्रस्तुत गरिएको छ । द्वन्द्व कालमा सामुदायिक बनको मुद्दालाई लिएर दुई वटा गाउँबिचको किचलोको कथालाई फिल्ममा देखाइएको निर्देशक बरालले बताएका छन् । यो फिल्म निर्माणको ७ वर्षपछि प्रदर्शनमा आउन लागेको हो ।

सार्वजनिक टिजरमा दिया मास्के, मनिष निरौला लगायतलाई चित्रण गरिएको छ । गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दियाबिचको सम्बन्धलाई दर्साउन टिजरमा प्रयत्न गरिएको छ । दुवै जनालाई दुस्मन बताउँदै माओवादी लडाकुले गरेको कुटपिटलाई पनि चित्रण गरिएको छ ।

आउँदो महिना असार २४ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म २०७२ साल देखि नै निर्माणमा छ । भुईँचालोकै समयतिर बनाउन सुरु गरिएको फिल्मको छायांकन भुईँचालो गएपछि केही समय रोकिएको थियो। कहिले भुईँचालो, नाकाबन्दी त कहिले कोरोनाका कारण फिल्म प्रदर्शनमा आउने समय धर्किँदै गएको फिल्मले अन्ततः प्रदर्शन तय गरेको हो ।

झट्ट हेर्दा माओवादी द्वन्द्वको कथा जस्तो लाग्ने फिल्म ‘दोख’ लाई निर्देशक बराल सामुदायिक बनको मुद्दालाई लिएर दुई वटा गाउँबिचको किचलो देखाएको बताउँछन् । यसको कालखण्ड भने माओवादी द्वन्द्वताकाकै हो । सामुदायिक बनको स्वामित्वलाई लिएर गाउँ विभाजित हुन्छ र उनीहरूले त्यसको विरासत हत्याउन खेलको माध्यम अपनाउँछन् । अर्थात् फुटबल खेलमा जसले जित्छ, बनमाथि उनकै रजाँई चल्छ । तर, द्वन्द्वको बेला गाउँमा फुटबल खेल्ने युवाहरू पनि छैन ।

शैलेन्द्र डी कार्कीको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको यो फिल्मलाई राजन कटैतले लेखेका हुन् । फिल्ममा दिया मास्के, मनिष निरौला, लोकमणि सापकोटा, माओत्से गुरुङ, रोय दिभ, कमल देवकोटा, सजन थापामगर लगायतका कलाकारको अभिनय छ । केही समय अगाडि फिल्ममा समावेश ओएसटी सार्वजनिक गरिएको थियो ।

जसमा श्रवण मुकारुङको शब्द, झुमा लिम्बुको स्वर र पुष्पा संगमको संगीत रहेको छ। यसमा आभास र पुष्प संगमको संगीत समावेश छ। सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रन्जु वाग्ले कार्यकारी निर्माताको रूपमा छन् । फिल्म वितरणको जिम्मा काठमाडौँमा जिजिए ग्रुप र काठमाडौँ बाहिर एफडि कम्पनीले लिएको छ।

 

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ०२ बजे

युवा मतदाताको रोजाइ : सुशासन, विकास र रोजगारी दिने उम्मेदवार

म्याग्दी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति

चार नेपाली क्रिकेटरको आईसीसी वरीयता सुधार : कसले कति अंक सुधार गरे ?

काठमाडौं – नेपालका चार जना क्रिकेटरले आईसीसीको वरीयतामा सुधार गरेका

इन्टरपोलको समन्वयमा दश जनालाई विदेशबाट ल्याइयो

काठमाडौं– स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले

सडक दुर्घटनामा एक जनाको मृत्यु, चार घाइते

चितवन– चितवनको गीतानगरमा आज बिहान भएको सडक दुर्घटनामा एक जनाको

स्वास्थ्य बीमावापत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत्

काठमाडौं– स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ