मलको अभावका कारण तराईमा धान खेतहरू अझै बाझो « Khabarhub

मलको अभावका कारण तराईमा धान खेतहरू अझै बाझो


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- रोपाइँको सिजनको मध्यमा पर्ने ‘आदरा’ अर्थात् असार १५ आउन एक हप्ता मात्र बाँकी रहँदा बारामा भने रोपाईं सुरु पनि भएको छैन । उसै पनि आकाशे पानीको भरमा हुने खेतीमा वर्षा नभएर माटो भित्रको आद्रताको अभाव हुँदा बिडमा बिउ हाल्ने काम करिब एकदेखि २ हप्ता सम्म ढिलो भएको छ ।

त्यस माथि मल पनि नपाइने भए पछि बिउ उम्रिसकेका खेतमा पनि किसानले रोपाइँ सुरु गरेका छैनन् । यसरी मल नपाइने भए पछि अन्नको भण्डार भनिने मध्य तराईको जिल्ला बारा, पर्सा, रौतहटमा रोपाई प्रभावित भएको छ । खेतहरु बाँझै रहेका छन् ।

कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद शाहका अनुसार सिचाईंको समस्या दोहोरिने गरेको भए पनि किसानहरूले दमकल लगाउने, नदीमा बाँध लगाउने जस्ता उपाय अपनाउने गरेका छन् । मल अभावसँग जुध्ने जुक्ति अब नरहेको उनले बताए ।

कृषि ज्ञान केन्द्रको रेकर्ड अनुसार यी जिल्लाहरूमा १५० देखि १६० हजार हेक्टरसम्म धान खेती हुन्छ । धान यहाँको मुख्य बाली हो । भदौ असोज मैँ काटिने सारो धान छिटपुट रोपिएका छन् ।
तर यो पटक भने यी जिल्लामा २० प्रतिशत पनि रोपाइँ भएको छैन । अरू तराईका जिल्लाहरूको पनि अवस्था उस्तै छ ।

यता कृषि सामग्री कम्पनीको वीरगन्जस्थित मलको प्रवेश बिन्दु तथा मधेस प्रदेश कार्यालयका अनुसार कम्पनीले खरिद गरेको मल कहिले आइपुग्ने यकिन हुन सकेको छैन । आसारको तेस्रो सातासम्म मल यहाँ आइपुग्ने आङ्कलन गरिएको कार्यालयका सूचना अधिकारी आलोककुमार झाले बताए ।

झाका अनुसार ग्लोबल टेन्डर मार्फत खरिद गरिएको ४० हजार टन डिएपी र ३० हजार टन युरिया गरी ७० हजार टन मल अहिले आयात हुने प्रक्रियामा रहेको छ  र ‘जि–टु–जि’ (गभर्नमेन्ट टु गभर्नमेन्ट) प्रक्रियामा यस पाली खरिद गरिएको डेढ लाख टन मल नेपाल ल्याउन पहल गरिरहेको कम्पनीले जनाएको छ । हिजो मात्रै कायम मुकायम प्रबन्ध सञ्चालक राजेन्द्र बहादुर कार्कीको नेतृत्वमा ३ सदस्यीय टोली भारत गएको प्रदेश कार्यालयका सूचना अधिकारी झाले बताए ।

त्यस्तै साल्ट ट्रेडिङ्ग कार्पोरेशन लिमिटेडले डिएपीको वितरण यहाँ सुरु गरे पनि माग भन्दा निकै कम परिमाणमा आपूर्ति हुँदा त्यसबाट अझ वितरण कसरी गर्ने भने सकस भएको छ ।

गत जेठ २१ मा साल्ट ट्रेडिङ्गको २० हजार टन डिएपी नेपाल भित्रिएको थियो । सो कम्पनी मार्फत आयात हुन लागेको २२ हजार टन युरिया हल्दिया बन्दरगाहबाट हिडिसकेर ५ दिन भित्र आइपुग्ने अनुमान गरिएको वीरगन्ज स्थित कार्यालयका प्रमुख अनोज लामिछानेले बताए ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ०० बजे

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक

जुम्लाबाट एक वर्षमा तीन करोड बढी मूल्यको मार्सी चामल बिक्री

जुम्ला– जुम्लाबाट एक वर्षमा करिब १७५ मेट्रिक टन मार्सी धानको