इन्डोनेसियाका राष्ट्रपतिले रूस र युक्रेनको भ्रमण गर्ने « Khabarhub

इन्डोनेसियाका राष्ट्रपतिले रूस र युक्रेनको भ्रमण गर्ने


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डोनेसियाका राष्ट्रपति एवम् जी २० का अध्यक्ष जोको विडोडोले रुस र युक्रेनको भ्रमण गर्ने भएका छन् । युक्रेनमाथि रूसले आक्रमण गरेपछि उत्पन्न आर्थिक तथा मानवीय परिस्थितिबारे छलफल गर्न उनी यसै महिना युक्रेन र रुसको भ्रमणमा जाने भएका हुन् ।

इन्डोनेसियाको बाली टापुमा नोभेम्बरमा हुने विश्वका प्रमुख अर्थतन्त्रहरूको समूहको शिखर सम्मेलनमा आमन्त्रण गर्ने निर्णयलाई लिएर विवादमा परेका बेला राष्ट्रपति विडोडो रुस र युक्रेनको भ्रमणमा जान लागेका हुन् ।

रूसले युक्रेनमाथि युद्ध अपराध गरेकाले उसलाई सम्मेलनमा आमन्त्रण गर्न नहुने समूहका अन्य सदस्यले बताएपछि विवाद बल्झेको हो ।

इन्डोनेसियाले यसवर्ष जी २० को अध्यक्षता गरिरहेको छ । उमाथि अमेरिकाको नेतृत्वमा केही पश्चिमी देशहरूबाट रुसलाई बैठकबाट बहिष्कार गर्न दबाब परेको बताइएको छ ।

विडोडोले जुन २६ र २७ मा जर्मनीमा हुने जी २० शिखर सम्मेलनमा इन्डोनेसियाको अतिथि देशको रूपमा प्रतिनिधित्व गरेपछि किभ र मस्कोको भ्रमण गर्ने र युद्ध सुरु भएदेखि दुबै देशको भ्रमण गर्ने योजना रहेको बताइएको छ ।

यससँगै उनी युक्रेनमाथि रुसले आक्रमण थालेयता ती मुलुकहरुको भ्रमण गर्ने पहिलो एसियाली नेता बन्ने इन्डोनेसियाका परराष्ट्रमन्त्री रेत्नो मार्सुडीले बताएका छन् ।

दुबै मुलुकको भ्रमणमा राष्ट्रपति विडोडोले युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्की र रुसी समकक्षी भ्लादिमिर पुटिनसँग भेट्ने मार्सुदीले बताए ।

इन्डोनेसियाले युक्रेनमा जारी संकटमा तटस्थताको नीति अपनाउने प्रयास गर्दै महिनौं लामो द्वन्द्वको शान्तिपूर्ण समाधानको लागि आह्वान गरेको छ ।

विडोडोले मानवीय सहायताको सट्टा जेलेन्स्कीको अनुरोधको जवाफमा युक्रेनलाई हतियार पठाउन अस्वीकार गरेका थिए ।

इन्डोनेसियाले युक्रेनलाई जी २० शिखर सम्मेलनको अतिथि सदस्यको रूपमा आमन्त्रित गरेको छ । जेलेन्स्कीले भने आफ्नो इन्डोनेसिया भ्रमण युद्धको स्थितिमा निर्भर हुने भन्दै कम्तिमा भर्चुअल उपस्थिती जनाउने बताएका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ८ : ३९ बजे

दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्राथमिकता होः सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ – सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सुरक्षित,

म्याग्दी कोरिडोर प्रसारण लाइन निर्माण सुरु, १६५ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिने

म्याग्दी – धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा

सुकुम्वासी सेल्टरका २३ बिरामीलाई वीर र कान्ति रिफर

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्थायी सेल्टरमा रहेका सुकुम्वासीहरूका

म्याग्दीका भीरमा जोखिमपूर्ण मह सिकार सुरु: पहिलो दिनमै ७० लिटर सङ्कलन

म्याग्दी – म्याग्दीका लेकाली क्षेत्रमा व्यावसायिक रूपमा भिरमह सिकार सुरु

बन्दीपुरमा ‘गाउँ पर्यटन मार्ट’: हिमाली स्वाददेखि तराईको संस्कृतिसम्म

बन्दीपुर – पहाडकी रानी उपमाले परिचित तनहुँको बन्दीपुरमा बिहीबारदेखि ‘गाउँ