डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी « Khabarhub

डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेनमार्कमा कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउने तयारी गरिएको छ । सरकारले कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन सबैलाई आग्रह गर्ने सरकारी अधिकारीहरूले जनाएका छन् ।

उनीहरूका अनुसार झन्डै २० लाख मानिसलाई चौथो मात्रा खोप लगाउने गरी तयारी भइरहेको छ । यस पटक पनि सुरुमा स्वास्थ्यकर्मी र ५० वर्षभन्दा बढी उमेरका व्यक्तिहरूलाई खोप लगाउने व्यवस्था गर्न लागिएको छ ।

प्रधानमन्त्री मेटे फ्रेडेरिक्सनले कोरोनाविरुद्ध लड्ने अर्को चरणको प्रयासअन्तर्गत यो खोप अभियान सुरु गर्न लागिएको जानकारी दिइन् । बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले दिएको जानकारीअनुसार आगामी सेप्टेम्बर १५ देखि चौथो मात्रा खोप लगाउन थालिने छ ।

डेनमार्कमा यही जुन २० सम्ममा ३१ लाख ५५ हजार ९७२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । त्यसैगरी छ हजार ४३२ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : २९ बजे

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा