डुम्रे-बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो « Khabarhub

डुम्रे-बेँसीसहर सडकखण्डको उदीपुर सडक चार दिनपछि खुल्यो


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लगातारको वर्षापछि आएको पहिरोका कारण डुम्रे–बेँसीसहर सडकखण्ड अन्तर्गत उदिपुर सडकखण्ड अवरुद्ध भएपछि वैकल्पिक सडक निर्माण गरिएको छ ।

शनिबार साँझदेखि लगातार परेको वर्षाका कारण सडकखण्ड अवरुद्ध भएको थियो । बेँसीसहर नगरपालिका १ उदिपुरको देउराली डाँडामा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । गत वर्ष पनि उक्त ठाउँमा पहिरो गएको थियो ।

उदीपुरमा पहिरोको विकल्पमा पहिरो तल मर्स्याङ्दी किनारबाट सडक निर्माण गरी बुधबार साँझ साढे ७ बजेबाट सडक सुचारु गरिएको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशील वैद्यले बताए । उनले भने,’पहिरोले अवरुद्ध सडक खुलाउन आइतबारदेखि बैकल्पिक सडक निर्माण गर्न सुरु गरिएको हो ।’

उनका अनुसार पहिरो तल मर्स्याङ्दी नदी किनारबाट नेपाली सेनाको चण्डीप्रसाद गण हुँदै उदीपुर निस्कने बैकल्पिक मार्ग प्रयोग गरिएको छ । आइतबारदेखी साना सवारीहरु मोटरसाइकल, जिपले उदिपुरबाट धिमिरे हुँदै दलाल निस्कने सडक प्रयोग गरेका थिए भने ठुला सवारीसाधन आवतजावत गर्न सकेको थिएन ।

ठूला सवारीका लागि वैकल्पिक बाटो निर्माण गरिएको डुम्रे–बेंसीशहर–चामे सडक योजनाका प्रमुख अच्युतविलास पन्तले बताए । पन्तले भने पहिरोयुक्त जोखिम क्षेत्रबाट आवतजावत गर्नुपर्ने भएकाले राती र पानी परेको समयमा सावधानी अपनाउन आग्रह गरिएको छ । उदीपुरमा वर्षाका कारण यसअघि बनाइएको नयाँ ट्रयाक पनि बगाएको छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : ३८ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको