लेबनानी राष्ट्रपतिसँग शिष्टाचार भेट गरी प्रधानसेनापति प्रभुराम शर्मा सिरिया प्रस्थान « Khabarhub

लेबनानी राष्ट्रपतिसँग शिष्टाचार भेट गरी प्रधानसेनापति प्रभुराम शर्मा सिरिया प्रस्थान


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- लेबनानको भ्रमणमा रहेका प्रधानसेनापति प्रभुराम शर्माले त्यहाँका राष्ट्रपति मिसेल आउनसँग शिष्टाचार भेट गरेका छन् । गत असार ४ गतेबाट विदेश भ्रमणमा गएका प्रधानसेनापति शर्मा आजै लेबनानको पूर्वी छिमेकी सिरियातर्फ लागेका छन् ।

नेपाली सेनाले जनाएअनुसार उनले बुधबार राष्ट्रपति आउनसँग भेटवार्ता गरेका हुन् । शान्ति स्थापनार्थ लेबनानमा तैनाथ संयुक्त राष्ट्रसंघीय मिसन युनिफिलको निरीक्षणका लागि उनी त्यहाँ पुगेका हुन् ।

पाँच दिने लेबनान भ्रमण सकेर उनी सिरियातर्फ लागेको नेपाली सेनाले जनाएको छ ।

उनले त्यहाँ सिरिया र इजरायलबीच रहेको विवादित भूमिमा तैनाथ राष्ट्रसंघीय मिसान युएनडीओएफको निरीक्षण गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : ४३ बजे

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग

मेसी बने सय वर्ष पुरानो फुटबल क्लबको मालिक

काठमाडौँ – अर्जेन्टिनाका स्टार फुटबलर लिओनेल मेसीले स्पेनिस सेकेन्ड डिभिजन

यु-१९ विश्वकप र एनपिएलको तयारी : के के बन्दैछन् पूर्वाधार ?

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) आगामी दुई ठूला प्रतियोगिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । बिहान