राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय « Khabarhub

राष्ट्रिय टिम बाहिर रहेका दश खेलाडीलाई फिर्ता बोलाउने एन्फाको निर्णय


८ असार २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवनिर्वाचित अध्यक्ष पंकज बिक्रम नेम्बाङको अध्यक्षतामा बसेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको पहिलो बैठकले मुख्य प्रशिक्षकसंग विवादपछि टिम बाहिर रहेका दस खेलाडीलाई टिममा फिर्ता बोलाउने निर्णय गरेको छ ।

बुधबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको एन्फाको यस कार्यसमिति बैठकले खेलाडीलाई टिममा सहभागी गराउने तथा प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिएको छ । “राष्ट्रिय टिमका फुटबल खेलाडी र प्रशिक्षकबीचको विवाद पछि गठित कार्यदलले बुझाएको प्रतिवेदनको सुझाव अनुरुप १० जना खेलाडीहरुको हकमा राष्ट्रिय टिममा सहभागी गराउने निर्णय गरियो । र प्रशिक्षकको हकमा निज प्रशिक्षक र कतार फुटबल संघसँग समन्वय गरी कार्यान्वयन गर्न सचिवालयलाई निर्देशन दिने निर्णय गरियो” विज्ञप्तिमा भनिएको छ   ।

गत महिना मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसंगको विवादका कारण कप्तान किरण कुमार लिम्बू, रोहित चन्द लगायत १० खेलाडी टिम बाहिर छन् । यस्तै,  महासचिवमा किरण राई र कोषाध्यक्षमा रवीन्द्र जोशीसँगै विदेश विभाग प्रमुखमा नवीन पाण्डेलाई नियुक्त गरेको हो ।सोमबार भएको एन्फाको चुनावी साधारण सभामा निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई ६ मतले पराजित गर्दै नेम्बाङ एन्फाको अध्यक्षमा निर्वाचित भएका हुन् ।

यता, संघले ढाकामा हुने साफको चुनावमा उपाध्यक्ष पदमा सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय गरेको हो । “यही जुलाई २ बङ्गलादेशको राजधानी ढाकामा हुने दक्षिण एसियाली फुटबल संघ (साफ) को चुनावमा उपाध्यक्ष पदमा नेपालबाट न्यु रोड टिम (एनआरटी) क्लबका अध्यक्ष सुन्दर नरसिंह जोशीको नाम प्रस्ताव गर्ने निर्णय पारित गरियो ।”

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ९ : ४६ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६