'सकेसम्म साथीसँग यौन सम्बन्ध राख्नु हुँदैन' | Khabarhub Khabarhub

‘सकेसम्म साथीसँग यौन सम्बन्ध राख्नु हुँदैन’



पछिल्लो समय असुरक्षित गर्भपतनको समस्या बढ्दो छ। आपसी सहमतिमा शारीरिक सम्पर्क गर्ने। तर, बच्चा नचाहने र छोराकै लोभ गर्ने दम्पत्तिले असुरक्षित गर्भपतन गर्न बाध्य भइरहेका छन्। यसले महिलाको शारीरिक समस्यालाई जटिल बनाएको छ। असुरक्षित गर्भपतनको बढ्दो समस्या र पछिल्लो रोकथामको कदमबारे खबरहबका लागि विना न्यौपानेले गर्भपतन तथा प्रसूति रोग विशेषज्ञ डा. पुण्य पौडेलसँग गरेको कुराकानीको सम्पादित अंशः

असुरक्षित गर्भपतनलाई अन्त्य गर्न अहिलेको अवस्थामा कत्तिको सम्भव छ ?
सबै जना एकजुट भएर लागि पर्यौ भने त यो सम्भव छ। सन् २०१६ को डेटालाई हेर्दा पहिला भन्दा अहिले यो समस्या धेरै नै कम भएको छ। गर्भपतनलाई रोक्नु परिवार र राज्यको दावित्व हो। पत्रकार साथीहरुको पनि जनचेतना फैल्याउनुमा ठूलो भूमिका रहन्छ। र, मुख्य कुरा पहिला आफैँमा असुरक्षित गर्भपतन गराउनु हुँदैन। सुरक्षित ठाउँमा गर्नुपर्छ भन्ने ज्ञान हुनु अति आवश्यक छ।

सरकारी पक्षबाट असुरक्षित गर्भपतन कम गर्न कस्तो पहल भइरहेको छ ?
सरकारले २०७३ सालदेखि निःशुल्क उपचार गराएको छ। त्यसले गर्दा पनि धेरै राहत मिलेको छ। महिला पहिला सुरक्षित ठाउँमा नै जाँदैन थिए। जस्तो १५०० रुपैयाँ शुल्क लाग्ने हुँदा समस्या भएको थियो। तर, अहिले औषधि पनि निःशुल्क र सेवा पनि निःशुल्क हुने हुँदा उहाँहरु ढुक्कले जानु हुन्छ। सरकारले यो सम्बन्धि धेरै कार्यक्रमहरु ल्याएको छ। जसले गर्दा जनचेतना पनि बढेको छ। ग्रामीण भेगमा पनि धेरै संस्थाले कार्यक्रम गरेका छन्। गाउँ गाउँमा स्वास्थ्य स्वयम् सेविका खटाइएका छन्।

सोचेको जस्तो प्रतिफल पाउनु भएको छ त ?
सोचेको जस्तो प्रतिफल त पाएको छैन। तर, त्यसको लागि अलिकति समय लाग्छ। सन् २०३० सम्ममा ७० मा झार्ने हाम्रो योजना छ। त्यो बेलासम्म धेरै महिलाले बुझिसक्नु हुन्छ, जस्तो मलाई लाग्छ। यो १० वर्षमा जुन परिर्वतन आएको छ, त्यो सकारात्मक छ।

केही अस्पतालमा सुरक्षित गर्भपतन गराइन्छ भनेर लेखिएको हुन्छ। त्यहाँ अरु नै कामले गए पनि गर्भपतन गराउन नै गएको भन्ने हुन्छ। त्यसमा पनि केहि सुधार हुनुपर्छ कि ?
अहिलेसम्म कुनै पनि महिला निर्धक्क रुपले म गर्भपतन गराउन जान्छु भनेर घरबाट निस्किन सक्दिनन्। यो अवस्था कम गर्न समाज र परिवारको ठूलो भूमिका रहन्छ। सबै शिक्षित भएर यो नराम्रो कुरा हैन भन्ने भयो भने यो समस्या हट्छ।

किशोर अवस्थामा बिहे नभई धेरै असुरक्षित गर्भपतन भएका छन्। यसमा के गर्न सकिन्छ ?
किशोर किशोरीहरुको स्वाथ्यको लागि विभिन्न कार्यक्रमहरु छन्। त्यसको दायराभित्र कसरी ल्याउने त ? हाम्रो उदेश्य भनेको गर्भपतन गर्ने अवस्था नै नआओस् भन्ने हो। त्यसको लागि परिवार नियोजनको साधनको उपलब्धता हुनुपर्यो। उहाँहरुले जति बेला खोज्छन्, त्यति बेला त्यहाँ उपलब्धता भयो भने यो समस्या अलि घट्छ। र, सकेसम्म २० वर्ष भन्दा कम उमेरमा यौन सम्बन्ध नै राख्नु हुँदैन भन्ने चेतना फैलाउनु पर्दछ।

यो अवस्था कसरी ल्याउन सकिन्छ त ?
विशेष त किशोर किशोरीलाई नै उजागर गराउनु पर्दछ, सक्षम बनाउनु पर्दछ। साथीहरु जस्तो सम्बन्ध बनाउने। साथी हुँदैमा यौन सम्बन्ध राख्नै पर्दछ भन्ने छैन। यदि राख्नै परेमा साधनको प्रयोग गरौँ, जताभावी सम्बन्ध नराखौँ, जसले गर्दा रोग पनि नलागोस् र बच्चा पनि नबसोस्। त्यसको लागि हामीले परिवार नियोजनलाई नै फोकस गर्नु पर्दछ।

असुरक्षित गर्भपतनलाई रोक्न कसको भूमीका कस्तो हुनु पर्दछ ?
पहिलो कुरा त परिवार भित्र महिलाले म यो असुरक्षित गर्भपतनमा जान्न भन्नुपर्छ। त्यसपछि उसको परिवारले पनि उसलाई साथ दिनु पर्दछ। यदि परिवारले उसलाई बुझ्छ भने असुरक्षित गर्भपतन कम हुन्छ। र, राज्यबाट पनि असुरक्षित गर्भपतन गर्ने सुविधा प्राप्त गराउनुपर्यो। गर्भपतन सुविधा निःशुल्क हुनुपर्यो। यदि शुल्क लाग्ने नै भए थोरै रकममा गर्भपतनको सुविधा दिनसक्नुपर्छ।

महिलाले सुरक्षित गर्भपतन सम्बन्धी जान्नै पर्ने कुरा के छन् ?
सकेसम्म गर्भपतन गर्नै नपरोस्। असुरक्षित गर्भपनमा नजाऔँ। सम्पूर्ण महिलाले परिवार नियोजनका साधनको प्रयोग गरौँ। सकेसम्म बच्चा नबसोस् केही गरी बसिहाल्यो भने सुरक्षित ठाउँमा गएर गर्भपतन गरौँ। असुरक्षित ठाउँमा गएर आफ्नो जिन्दगी बर्बाद नगरौँ।
(प्रस्तुति : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ६ : ५० बजे

पोखरामा स्वदेशी सीप र पुँजीमा निर्माण भयो अत्याधुनिक हवाई इन्धन डिपो

कास्की – पोखरा अन्तरराष्ट्रिय विमानस्थल परिसरमा अत्याधुनिक हवाई इन्धन डिपो

पोर्चुगलका पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा

लिस्बन – पोर्चुगलका पूर्वप्रधानमन्त्री जोस सुक्रेट्समाथि स्थानीय सञ्चारमाध्यमले यसअघि नै

‘कुलिङ पिरियड’बारे भएको हेरफेरप्रति रास्वपाको आपत्ति

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’बारे

आजका समाचार : सर्वोच्चले जोगाइदियो ५२ भाइको जागिर, कुलिङ पिरियडमा छानविन समिति बन्दै, प्रधानमन्त्री रियल मड्रिडमा र फुटबलर जोटा दुर्घटनामा बिते   

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको रङ्गशाला अवलोकनप्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको

नेपाल औषधि लिमिटेडले आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता