प्रेस युनियनको महाधिवेशन आज सुरु हुँदै, को-को भिड्दैछन् ? « Khabarhub

प्रेस युनियनको महाधिवेशन आज सुरु हुँदै, को-को भिड्दैछन् ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

हेटौडा – नेपाल प्रेस युनियनको ९औँ राष्ट्रिय महाधिवेशनमा संस्थापन पक्ष र संस्थापन इतर पक्षबिच कडा प्रतिस्पर्धा हुने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने सो महाधिवेशनमा दुवै पक्षले प्यानल नै खडा गरेर मैदानमा उत्रे पछि कडा प्रतिस्पर्धा हुन लागेको हो ।

झन्डै ८ वर्ष पछि हुन लागेको महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधिहरू हेटौडा आइपुगेका छन् । १ हजार ६ सय ३० प्रतिनिधिले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछन् ।

नेपाली कांग्रेसको शुभेच्छुक संस्था प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षबाट सभापतिमा अनिता बिन्दु र संस्थापन इतर पक्षबाट शिव लम्सालले आ–आफ्नो दावेदारी प्रस्तुत गरेका छन् ।

‘आज प्रधानमन्त्रीले नवौँ महाधिवेशनको उद्घाटन गर्नुहुनेछ भने आजै निर्वाचनको प्रक्रिया पनि सुरु हुनेछ,’ कोषाध्यक्षका उम्मेदवार माधव धितालले भने, ‘भोलि मतदान हुने र भोलि नै मत परिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको छ ।’

सो महाधिवेशनमा संस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्षमा सरोज अधिकारी र र संस्थापन इतर समूहबाट प्रेम केसीले उम्मेदवारी घोषणा गरेका छन् भने खुल्ला उपाध्यक्षका लागि भिष्मराज ओझा र शेखर रेग्मीले चुनावी मैदानमा उत्रने घोषणा गरेका छन् ।

उता, संस्थापन पक्षबाट महिला उपाध्यक्षमा कल्पना शर्मा र इतर समूहबाट सलोजा दाहाल बिच कडा प्रतिस्पर्धा हुने देखिएको छ भने महासचिवमा संस्थापन पक्षबाट जगन्नाथ दुलाल  र इतर समूहबाट दिलिप पौडेल बिच तीव्र प्रतिस्पर्धा हुने युनियन आबद्ध पत्रकारले जनाएका छन् ।

संस्थापन पक्षका उपमहासचिवका उम्मेदवार केशव साउँद र इतर समूहबाट विष्णु क्षेत्री रहेका छन् भने संस्थापन पक्षले कोषाध्यक्षमा माधव धितालले उम्मेदवार खडा गरेको छ भने उनीसँग रमेश वाग्ले प्रतिस्पर्धामा रहनेछन् ।

केन्द्रिय उपाध्यक्ष सुदूरपश्चिमका लागि हरिश भट्टलगायत छन् भने महिला उपमहासचिवमा कुसुम बिक, दिलिपाश्री अधिकारीले उम्मेदवारी घोषणा गरेका छन् ।

यसैगरी, खुल्ला सचिवका लागि खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्ट, पदम अधिकारीलगायतले मैदानमा उत्रेका छन् भने महिला सचिवमा मेनुका भट्टलगायत उम्मेदवारी घोषणा गरेर प्रतिनिधिसँग मत मागिरहेका छन् ।

लेखा समिति संयोजकमा पदमराज जोशीलगायतले उम्मेदवारी घोषणा गरेका छन् भने केन्द्रिय सदस्यमा कृष्ण पहाडी, सरिता खनाललगायत दर्जनौले उम्मेदवारी घोषणा गरेर हेटौडा आइपुगेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  १० : ४७ बजे

गगनले अघि सारे ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ