विश्व इतिहासमा आज : सेलेनाको जन्मदिनदेखि स्मिथको विश्व उडानसम्म « Khabarhub

विश्व इतिहासमा आज : सेलेनाको जन्मदिनदेखि स्मिथको विश्व उडानसम्म


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल साउन ६ गते शुक्रबार । सन् २०२२ को जुलाई २२ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् ।

सन् २०१३ को जुलाई २२ मा चीनमा ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प जाँदा ८९ जनाको ज्यान जानुका साथै ५ सय जना घाइते भएका थिए ।

सन् २०११ को जुलाई २२ मानर्वेको राजधानी ओस्लामा अवस्थित नर्वेजियन प्रधानमन्त्री कार्यालय अगाडि एक इस्लाम विरोधी चरमपन्थी एन्डर्स बेहरिङ ब्राइभिकले कार बम राखेका थिए । केहि घण्टा पछि उक्त बम विष्फोट हुँदा ८ जनाको ज्यान जानुका साथै २०० भन्दा बढी घाइते भएका थिए। दोस्रो विश्व युद्धपश्चात स्क्यान्डिनेभियन देशमा भएको यो सबैभन्दा घातक हिंसात्मक घटना थियो ।

सन् २००३ को जुलाई २२ मा इराकका राष्ट्रपति सद्दाम हुसैनका छोराहरुको हत्या गरिएको थियो । संयुक्त राज्य अमेरीकाको फौजसँग पश्चिमी इराकमा भएको गोलाबारीमा राष्ट्रपति हुसेनका छोरा कुसेर र उदय हुसेनको मृत्यु भएको थियो ।

सन् २००० को जुलाई २२ मा युनिभर्सिटि अफ एरिजोनाका खगोलशास्त्रीहरुले वृहस्पति ग्रहको १७ वटा चन्द्रामा फेला पारेको घोषणा गरेका थिए ।

आज अमेरिकी गायिका तथा अभिनेत्री सेलेना गोमेजको जन्मदिन हो । उनको जन्म १९९२ को जुलाई २२ मा भएको हो । उनी बार्नी एण्ड फ्रेन्डस नामक टेलिभिजन सिरियलबाट कलाकारितामा लागेकी हुन् ।

सन् १९६६को जुलाई २२ माबी–५२ बमवर्षकहरुले भियतनामको उत्तर र दक्षिणी असैनिकृत क्षेत्रमा पहिलो पटक आक्रमण गरेकाथिए ।

सन् १९३४ को जुलाई २२ मा अमेरिकी संघीय जाँच बुझ ब्युरो एफबीआईका अधिकारीहरुले शिकागो सिनेमा अगाडि अमेरिकी कुख्यात आपराधिक ग्याङ्गका नाइके जोन डिलिंगरको गोली हानी हत्या गरेका थिए ।

सन् १९८३ जुलाई २२ मा अष्ट्रेलियन जीयाोग्राफिकका उद्यमी र संस्थापक डिक स्मिथले हेलिकप्टरमार्फत एकल विश्व उडान पुरा गरेका थिए । स्मिथले सो यात्रा सन् १९८२ को अगस्ट महिनामा सुरु गरेका थिए । सो ऐतिहासिक हेलिकप्टरलाई स्मिथले पावर हाउस म्युजिमलाई उपहार दिएका थिए ।

सन् १९३३ जुलाई २२ मा अमेरिकी पाइलट विले पोस्ट हवाइजहाजमार्फत एकल विश्व परिक्रमा गर्ने पहिलो मानिस बनेका थिए । उनले परिक्रमा ७ दिन १८ घण्टा ४९ मिनेटमा पूरा गरेका थिए ।

सन् १८९४ जुलाई २२ मा विश्वको पहिलो मोटर रेस भएको थियो । घोडाविहीन गाडीहरुको अभियान स्वरुप पेरिस देखि सुरु भएको रेस रुएनमा समापन भएको थियो । ले पेटिट जर्नल नामकपत्रिकाले सो रेस आयोजना गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ११ : २९ बजे

हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा

काठमाडाैं – हदबन्दीका कारण घरजग्गा व्यवसाय सङ्कटमा पर्दै गएको व्यवसायीहरूले

स्वास्थ्य बीमा बोर्डले गर्‍यो सेवा प्रदायक स्वास्थ्य संस्थालाई वैशाखसम्मको भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्था तथा

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलद्वारा बिदाइ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ

हर्मुज जलडमरूमध्यमा इरानले नियन्त्रणमा लिएको भनिएको ‘डाइभ-एलडी’ कस्तो उपकरण हो?

काठमाडौं- इरान र अमेरिकाबीच मध्यपूर्वी क्षेत्रमा सैन्य तनाव उत्कर्षमा पुगेका