नागरिकतामा सार्क मुलुकका भन्दा खुकुलो प्रावधान किन ? « Khabarhub

नागरिकतामा सार्क मुलुकका भन्दा खुकुलो प्रावधान किन ?


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका सांसद घनश्याम खतिवडाले सरकारले प्रस्तुत गरेको नागरिकता विधेयक संविधान प्रतिकुल भएको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको जारी बैठकमा मूल संशाेधन कर्ताको तर्फबाट बोल्दै दक्षिण एसियाली मुलुकहरूको भन्दा नेपालमा नागरिकता किन सहज तरिकाले दिन खोजिएको हो ? भन्दै प्रश्न पनि गरेका छन् ।

‘नागरिकता ऐन खुकुलो भएका कारण मुलुकको अस्तित्व खतरामा नपरोस्, अझै समय छ, सचेततापूर्वक अझ छलफल गरौँ,’ खतिवडाले बैठकमा भने, ‘सार्कका अन्य मुलुकभन्दा खुकुलो व्यवस्था राखेर विधेयक पेस भएको छ, यो किन गरिएको हो ?, नेपाली पुरुषसँग विवाह गरेको ७ वर्षपछि मात्र वैवाहिक अंगिकृत दिनुपर्ने भन्ने पूर्ववत् सहमतिलाई किन लत्त्याएर विधेयक ल्याइएको हो ?

प्रतिनिधिसभा बैठक जारी छ ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  २ : ५५ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी