म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए « Khabarhub

म्याग्दीमा ५७० उद्योग र व्यावसायिक फर्म थपिए


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी जिल्लामा पछिल्लो एक वर्षको अवधिमा ५७० उद्योग र व्यावसायिक फर्म थप भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयमा नयाँ ३३८ उद्योग र २३२ वटा वाणिज्य फर्म दर्ता भएका हुन् । विसं २०७८ साउनदेखि २०७९ असारसम्म दर्ता, नवीकरण भएका उद्योग तथा फर्मबाट रु १६ लाख ८१ हजार ७५० राजस्व संकलन भएको कार्यालयका प्रमुख पोषनाथ शर्माले बताए ।

‘पहिलेदेखिनै सञ्चालन भएका उद्योग तथा फर्म कानुनी दायरामा आउनुका साथै उद्यम व्यवसायतर्फको आकर्षणका कारणले दर्ता सङ्ख्या बढेको हो’, उनले भने, ‘नयाँ फर्म तथा उद्योग दर्ता गर्नेमा धेरैजसो युवा छन् ।’

दर्ता र नवीकरणका क्रममा उद्योगबाट रु नौ लाख ३०५, वाणिज्यतर्फ सात लाख ६९ हजार २४५ र अन्य शीर्षकमा १२ हजार २०० राजस्व संकलन भएको हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ७६२ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए ।  

यसैगरी २६ लाख आठ हजार १२३ राजस्व संकलन भएको थियो । नयाँ दर्ता भएका ३३८ मध्ये २०९ वटा कृषि तथा वन पैदावारमा आधारित छन् । यसअघि दर्ता भएका २३३ उद्योग र ३०९ वाणिज्य फर्म नवीकरण भएका छन् । जिल्लामा हाल उद्योग दुई हजार ६६१ र व्यावसायिक फर्म एक हजार ५२८ वटा रहेका छन् । उद्योगमा एक हजार ५२८ ले रोजगारी पाएका छन् ।

गत आर्थिक वर्षमा कूल एक करोड १३ लाख बजेटमध्ये ९३ लाख ६० हजार ११५ बजेट खर्च भएको छ । १७२ जनालाई उद्यमशीलता विकाससम्बन्धी तालिम प्रदान गरेको छ । बेनपा–९ तोरीपानीमा २२, धौलागिरि ताकममा २७, मालिका–५ देवीस्थानमा ३४, रघुगङ्गा–६ पाखापानीमा २७, अन्नपूर्ण–४ नारच्याङमा २७ र मङ्गला–२ बाबियाचौरमा ३५ जनालाई तालिम प्रदान गरिएको कार्यालयका कम्प्युटर सहायक सन्तोष ढुङ्गानाले बताए ।  

१३ जनालाई मेसिन उपकरण खरिद गर्न १५ लाख ९५ हजार अनुदान उपलब्ध गराएको छ । सात वटा पर्यटकीय पूर्वाधार योजना निर्माणका लागि बीस लाख विनियोजन भएकोमा छवटा योजना सम्पन्न र १६ लाख ७९ हजार खर्च भएको छ । तीन ठाउँमा व्यवसाय दर्ता शिविर सञ्चालन र २० पटकमा २२२ फर्मको अनुगमन गरेको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : १२ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी