कोटहीमाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा « Khabarhub

कोटहीमाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– रूपन्देहीको कोटहीमाई गाउँपालिका १२ वर्षमाथि उमेर समूहलाई कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ । गाउँपलिकमा शुक्रबार आयोजित एक कार्यक्रममा जिल्ला खोप समन्वय समितिबाट पूर्ण खोप सुनिश्चित प्रमाणपत्र पाएसँगै पूर्ण खोप सुनिश्चित घोषणा गरिएको हो ।

पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नवराज भण्डारीले जिल्ला समन्वय समितिका प्रमुख उमाकान्त चपाइँबाट खोप सुनिश्चित प्रमाणपत्र घोषणाका लागि अनुमति पाएका हुन् । 

पालिका अध्यक्ष बालकृष्ण तिवारीले पालिकामा रहेका लक्षित समूह  ४२ हजार ५६ मध्ये १२ वर्षमाथि पूर्ण खोप लगाएका ३१ हजार ७१ जनाले पूर्ण खोप पाएको जानकारी दिए ।  

कोटहीमाईमा लक्षित समूहका केही रोजगारीको सिलसिलामा पालिका बाहिर रहेकोले सर्वेक्षण र घरधुरीको आधारमा ९८ प्रतिशतले खोप पूरा गरेको स्वास्थ्य शाखा प्रमुख राम निवास यादवले भने । उनका अनुसार पालिकाका १० हजार ३२७ ले बुस्टर खोप लगाएका छन् । 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ३ : ४६ बजे

विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम

चितवन– अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी