नेप्सेमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


६ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले ओरालो लागेको छ । शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से परिसूचक २७.२६ अङ्कले ओरालो लागेर दुई हजार १७.४६ मा ओर्लिएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्न लागेको समाचार सार्वजनिक भए पनि बजारले त्यसलाई स्वीकार नगरेको पाइएको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापक गर्ने सेन्सेटिभ परिसूचक ५.४० अङ्कले ओरालो लागेर ३८६.२४ मा ओर्लिएको छ । कूल २१२ कम्पनीको ३३ लाख २० हजार ५१२ कित्ता शेयर रु एक अर्ब ४४ करोड ३४ लाख ३२ हजार ७७० मूल्यमा खरिद बिक्री भए ।

शुक्रबारको कारोबारपछि बजार पुँजीकरण रु २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख ४० हजार बराबर रहेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहको शेयर मूल्यमा नै गिरावट भएको छ । बैंकिङ १५.१७, व्यापार ५०.३७, होटल तथा पर्यटन ५८.६३, विकास बैंक ७१.३५, जलविद्युत् ३५.७८, वित्त २७.८, निर्जीवन बीमा ३२.६५, उत्पादन ११२.८९, अन्य ३२.८२, लघुवित्त ४८.८५, जीवन बीमा १०९.६७, सामूहिक लगानी कोष ०.१७ र लगानी ०.८५ अङ्कले ओरालो लागेको छ ।

कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । सो कम्पनीको रु २१ करोड दुई हजार ४७३ मूल्यमा कारोबार भयो । हिमालयन डिस्टिलरी रु छ करोड ८० लाख चार हजार ३२५, गुर्खाज फाइनान्स रु चार करोड ९५ लाख आठ हजार ४४४, नेपाल पुनरबीमा कम्पनी रु तीन करोड ८३ लाख आठ हजार २९० र अरुण काबेली पावरको रु तीन करोड ४२ लाख ४८ हजार ४६५ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भए ।

नेप्सेका अनुसार, किसान लघुवित्त ८.४१, गणपति लघुवित्त ६.०७, नयाँ सारथी लघुवित्त ४.०१, सेन्ट्रल फाइनान्स २.७६ र सानिमा लार्ज क्यापका लगानीकर्ताले २.४७ प्रतिशतले कमाए । त्यस्तै, सप्तकोसी डेभपमेन्ट बैंक ५.७९, रुरु जलविद्युत् परियोजना ४.७३, सूर्याेदय बोमी लघुवित्त ४.५६, सिभिल लघुवित्त ४.२६ र हिमालयन ऊर्जा विकास कम्पनीका लगानीकर्ताले ४.०५ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ४ : ०३ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

आज २०८३ साल साउन २६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २६ गते मंगलबार सन् २०२६

राप्ती चक्रपथको १५ किलोमिटर सडक कालोपत्र

दाङ – दाङको देउखुरीस्थित राप्ती गाउँपालिकामा निर्माणाधीन राप्ती चक्रपथको हालसम्म

कोलम्बिया र छिमेकी मुलुकमा शक्तिशाली भूकम्प, १८ जनाको मृत्यु

बोगोटा – कोलम्बिया र आसपासका केही ल्याटिन अमेरिकी मुलुकमा सोमबार